काठमाडौं । एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा काठमाडौंको बबहरमहलबाट पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा भएकी छन् ।
दलित भएको भन्दै आफूलाई प्रधानले कोठा भाडामा नदिएको भन्ने रूपा सुनारको उजुरीपश्चात् प्रधानलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको बताए ।
‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनले भने । प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन्
