Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चुनौतीबीच ऐतिहासिक सफलता: प्रधानमन्त्री सुशीला कार्कीले गरिन् स्वच्छ र शान्तिपूर्ण निर्वाचनको प्रशंसा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 26, 2026
3 shares

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की ले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन्। उनले असामान्य परिस्थितिलाई सामान्य बनाउँदै तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि भएको बताइन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग तथा सुरक्षाकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै यस उपलब्धिलाई लोकतन्त्रको सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरिन्।

उनले भनिन्, “गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ पछि मुलुकले जटिल र चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेको थियो। तर, त्यस्तो परिस्थितिलाई पार गर्दै समयमै स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो।”

प्रधानमन्त्रीका अनुसार यो निर्वाचनले संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ सुदृढ बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ। “आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएका छन्,” उनले उल्लेख गरिन्।

निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भए पनि सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यसमा केन्द्रित गरेको प्रधानमन्त्री कार्कीले बताइन्। विशेषगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी को नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उनले प्रशंसा गरिन्।

उनले मतदाता दर्ता प्रणालीमा सुधार, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता, पुनः प्रयोगयोग्य सामग्रीको प्रयोग, पारदर्शी सरकारी खरिद प्रक्रिया, प्रभावकारी सुरक्षा व्यवस्थापन तथा निर्वाचन खर्चमा पारदर्शितालाई ऐतिहासिक मानकका रूपमा उल्लेख गरिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतान्त्रिक छवि अझ उज्यालो बनेकोमा खुशी व्यक्त गर्दै सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति आभार प्रकट गरिन्। साथै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिन्।

अन्त्यमा, उनले सबै पक्षको सहकार्यमा लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन र समृद्ध नेपालको निर्माणतर्फ सरकार निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved