Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धुलो टकटकाएर नेकपा फेरि उठ्छ: नेकपाका नेता वर्षमान पुन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 20, 2026
3 shares

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट  विचलित नहुन पार्टी पङ्क्तिलाई अपिल गरेका छन् ।

काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए । विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले गर्ने दाबी गरे ।

आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे । ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । त्यसै गरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंस गर्नेको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो ।  हामी पुरानो हौँ, तर उस्तै खालका पुराना होइनौँ । हामीले अवस्था बदल्न कोसिस गरेकै हौँ । फेरि जनतामा जान्छौँ’, पुनले भने, ‘कुनै अहङ्कार, विचलन, निराशा होइन, शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ ढङ्गले धुलो टकटकाएर उठ्ने सङ्कल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठुलठुला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौँ । हाम्रो अहिलेसम्मको विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली, तौरतरिकाहरूलाई एकपटक ठन्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’

‘विचार, राजनीति, इतिहास केही नहुनेहरूले पनि आज आफूलाई नयाँ पार्टी झन्डै दुई तिहाइ प्राप्त गरेका छन् । जनताले उनीहरूलाई विश्वास गरेको छ । जनताको अभिमतलाई हामीले स्विकार्नुपर्छ । अर्कोतिर जनताले हामीलाई सच्चिनका लागि घचघच्याएको राम्रो अवसरका रूपमा लिनुपर्छ’, पुनले भने ।

कुनै बेला देशभर जम्मा ६० जना पूर्णकालीन कार्यकर्ता लिएर प्रचण्डले जनयुद्धको नेतृत्व थालेको स्मरण गर्दै उनले धेरै मानिसले जनयुद्धबाट परिवर्तन गर्छौैं भन्दा मूर्खता ठानेको चर्चा गर्दै त्यही जनयुद्धले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताजस्ता उपलब्धि हासिल भएको बताए । ६० जनाले थालेको जनयुद्धमा हजारौँ किसान, मजदुर, बुद्धिजीवी र आमजनताले समर्थन गरेर ठुलो रूपमा लिएको भन्दै उनले फेरि रूपान्तरित भएर मुलुकको नेतृत्व लिने पार्टी निर्माणमा लाग्न सबैलाई अपिल गरे ।

आफ्ना संयोजक प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले १८ महिना भ्रष्टाचारविरुद्ध सशक्त रूपमा सुशासन अभियान चलाएको र सोही अभियान समातेर जेनजी नवयुवाहरुले २३ भदौमा आन्दोलन गरेको दाबी पुनले गरे । प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्तामा पुगेका काँग्रेस र एमाले सम्मिलित सरकारको कूशासनविरुद्ध पटकपटक खबरदारी गर्दा पनि सुनुवाइ नभएको र सोही कारण २३ र २४ भदौको घटना भएको उल्लेख गरे । ‘देश कता जाँदैछ, जनता कता जाँदैछ भन्ने हामीले थाहै नपाएको अवस्था होइन । पुनले भने, ‘बंगलादेशजस्तो विस्फोट हुँदैछ भनेर तत्कालीन सत्तारुढ दलहरूलाई सडक र सदनबाट सचेत गरायौँ । तर, सुनुवाइ भएन । जेनजी विद्रोहको रूपमा जनभावना विस्फोट भयो । ’

निर्वाचनमार्फत झन्डै दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुशासन, समानता तथा रोजगारीको अभियान चलाउन तथा सन्तुलित कूटनीतिक सम्बन्धमार्फत मुलुकको अस्तित्व र स्वाधीनता बलियो बनाउने काममा  लाग्न सुझाव दिँदै पुनले ती काममा आफूहरूको सहयोग हुने प्रतिबद्धता जनाए ।

जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरूलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेको उनले बताए । पुनले जनताले गरेको खबरदारीलाई सच्चिनका लागि दिएको अवसरका रूपमा ग्रहण गर्नुपर्ने स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved