Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2026
[webverse_shares]
सुनिल बाबु पन्त ।  इनिसाको न्याय माग्नु मात्र पर्याप्त छैन। न्याय त तब पूरा हुन्छ, जब यस्ता घटना फेरि नदोहरिने वातावरण समाजले निर्माण गर्न सक्छ। आज पनि हाम्रो समाजमा बालिका, स्कुले छात्रा, युवा महिला र वृद्ध महिलासम्म बलात्कारको सिकार भइरहेका छन्। अपराधीहरूले कहिलेकाहीँ दण्ड सजाय त पाउँछन्, तर केवल सजायले मात्र समाज सुरक्षित हुँदैन।
बलात्कार केवल एउटा आपराधिक घटना मात्र होइन। यो चरम हिंसा हो, गम्भीर मानसिक विकृति हो, र मानवीय नैतिकताको पूर्ण पतन हो। यसले पीडितको शरीरमा मात्र होइन, उसको आत्मा, सम्मान, आत्मविश्वास र सम्पूर्ण जीवनमा गहिरो घाउ दिन्छ। धेरै पीडितहरूका लागि यो पीडा केवल एउटा घटना होइन, जीवनभरि बोक्नुपर्ने घाउ बन्छ।
तर हाम्रो सामाजिक बहस प्रायः घटनापछि मात्र सुरु हुन्छ। जब कुनै पीडादायी घटना बाहिर आउँछ, तब हामी आक्रोश व्यक्त गर्छौँ, न्यायको माग गर्छौँ, अपराधीलाई कडा सजाय दिनुपर्छ भन्छौँ। यी सबै आवश्यक छन्।
तर प्रश्न उठ्छ-के यति मात्रै पर्याप्त छ? यदि समाजले केवल अपराधपछि सजायको कुरा मात्र गर्छ भने, त्यो समस्या समाधानको आधा बाटो मात्र हो। समाधानको अर्को, अझ महत्त्वपूर्ण भाग भनेको यस्तो अपराध हुनै नदिने संस्कार निर्माण गर्नु हो।
यसका लागि हाम्रो ध्यान अदालत र जेलको सीमाभन्दा बाहिर जानुपर्छ। समाधान शिक्षा र संस्कारमा छ। अब समय आएको छ कि घर, विद्यालय र समाजले सानै उमेरदेखि छोराहरू र पुरुषहरूलाई स्पष्ट रूपमा सिकाउनुपर्छ-बलात्कार के हो, यो कति घोर अपराध हो, यसले पीडितलाई कस्तो जीवनभरि पीडा दिन्छ, र यो केवल कानुनी अपराध मात्र होइन, मानवताको विरुद्धको क्रूर हिंसा हो।
हाम्रो समाजमा बलात्कारको समस्या केवल केही अपराधी व्यक्तिहरूको समस्या मात्र होइन। यो गहिरो रूपमा जरा गाडेको पितृसत्तात्मक सोचसँग पनि जोडिएको छ।
जबसम्म समाजमा नारीलाई दोहन गर्न मिल्ने, उपभोग गर्न मिल्ने वस्तु जस्तो ठान्ने मानसिकता रहिरहन्छ, तबसम्म बलात्कारजस्ता अपराधहरू पूर्ण रूपमा रोक्न गाह्रो हुन्छ।
पितृसत्तात्मक सोचले महिलालाई पुरुषभन्दा कम मूल्यवान् ठान्ने संस्कार बनाउँछ। यसले महिलाको शरीरमाथि पुरुषको अधिकार जस्तो व्यवहारलाई सामान्य बनाउँछ। महिलाको सम्मान र सहमतिलाई गौण बनाइन्छ। यही सोचका कारण कतिपय पुरुषहरूलाई लाग्छ कि महिलाको इच्छा र अधिकारभन्दा माथि आफ्नो इच्छा राख्न मिल्छ। यस्तो मानसिकता कायम रहिरहँदा बलात्कारजस्ता अपराध दोहोरिने जोखिम बढिरहन्छ।
त्यसैले बलात्कारविरुद्धको लडाइँ केवल कानुनी सजायको विषय मात्र होइन। यो पितृसत्तात्मक सोच परिवर्तन गर्ने सामाजिक आन्दोलन पनि हो। छोराहरूलाई सानैदेखि सहमति (consent), सम्मान र समानताको शिक्षा दिनुपर्छ। घर, विद्यालय र समाजले महिलालाई बराबर मान्ने संस्कार विकास गर्नुपर्छ। हिंसालाई सामान्य ठान्ने संस्कारलाई चुनौती दिनुपर्छ।
हाम्रो समाजमा अझै पनि छोरीहरूलाई सतर्क हुन सिकाइन्छ-राति नहिँड, यस्तो लुगा नलगाऊ, त्यस्तो ठाउँमा नजाऊ। तर समस्या समाधान गर्ने बाटो त्यहाँ छैन। केवल छोरीहरूलाई सतर्क बनाउने समाजले हिंसा रोक्न सक्दैन। बरु सबै पुरुषहरूलाई सबै मानिसप्रति, र विशेष गरी महिलाप्रति जिम्मेवार, संवेदनशील र सम्मानजनक व्यवहार गर्न सिकाउने समाज मात्र सुरक्षित समाज बन्न सक्छ।
यदि हामीले आजैबाट छोराहरूको चेतना, नैतिकता र संवेदनशीलता निर्माण गर्न सकेनौँ भने, भोलि फेरि अर्को इनिसाको लागी न्याय खोज्दै उभिनुपर्नेछ। त्यसैले आजको सबैभन्दा ठूलो जिम्मेवारी केवल बलात्कारपछि न्याय खोज्नु मात्र होइन, बलात्कार हुनै नदिने संस्कार निर्माण गर्नु हो।
न्यायको वास्तविक अर्थ त्यतिबेला मात्र पूरा हुन्छ, जब समाजले यस्तो वातावरण बनाउँछ जहाँ कुनै पनि इनिसाको बलात्कार नहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved