काठमाडौं। गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतस्थित शहीद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाप्रति विभिन्न सङ्घसंस्थाहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
सुर्खेतका विभिन्न नागरिक समाज तथा मानवअधिकारसम्बन्धी सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न उनीहरूले माग गरेको छ । भने यता राजधानीकाे माइतीघरमा समेत दाेषी माथि कडा कार्वाही र पिडित पक्षलाई न्याकाे लागि सडकमा निस्किएका छन्। संयुक्त नागरिक पार्टिका अध्यक्ष समेत रहेका दलमर्दन कामी, पूर्व राज दुत सहितकाे टाेलि सम्मिलितले माइतीमाबाट कडा चेतावनि दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक छ ।’
साथै, महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा अपराधका घटनाहरू रोकथाम गर्न प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
