काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जाँचबुझ आयोगको प्रतिवेदन सिधै कार्यान्वयनमा लैजाने तयारी गरेकी छिन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी अनुसन्धानका निकायहरूलाई निर्देशन दिने तयारी भएको हो ।
यसका लागि प्रधानमन्त्री कार्कीले प्रतिवेदन बुझेकै दिन बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिह्नालगायतसँग छलफल गरेकी थिइन् । यसका साथै केही कानुन व्यवसायीहरूसँग समेत छलफल गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी थालेकी हुन् ।
