Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अधिवक्ता किरण न्याैपानेले बुझाए आयाेगलाई निर्वाचन खर्च विवरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2026
29

भक्तपुर । कांग्रेसकाे तर्फबाट प्रतिनिधि सभा सदस्यकाे उमेदवार रहेका अधिवक्ता किरण न्याैपानेले फागुन २१ गते भएको निर्वाचनमा ९,२६,१०० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका न्याैपानेले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। न्याैपानेले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी भाडामा २ लाख १० हजार,प्रचार प्रसार सामग्री छपाईमा १ लाख ८५ हजार खर्च भएको उल्लेख छ।

त्यस्तै, फाेटाे भिडियाे तथा विद्युतीय प्रचारप्रसारमा १ लाख १५ हजार, कार्यालय सञ्चालनमा १ लाख , खाजा,पानी र इन्टरनेट लगाएतमा १ लाख ५० हजार खुलाएकाे छ भने,विविधमा अन्य खर्च भएको उल्लेख छ। त्यस्तै, नमुना मतपत्र,प्रचार सामग्री,शुभ चिन्तकहरुबाट सहयाेग भएकाे खुलाएका छन् भने,घरदैलो र बुथमा बस्ने प्रतिनिधिहरुकाे खर्च सम्बन्धित ईकाइका साथिहरुले ब्यवस्थापन गरेकाे जनाएका छन्।

आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्याङ्कनका आधारमा पाँच वर्गमा विभाजन गरी २५ लाख देखि ३३ लाख रुपैयाँ सम्मको खर्च निर्धारण गरिदिएको थियो। जसअनुसार भक्तपुरका दुई वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले २९ लाख रुपैयाँको सीमाभित्र रहेर खर्च गर्न पाउने गरी आयोगले खर्च निर्धारण गरिदिएको थियो। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले सूचना जारी गर्दै निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिन भित्रमा आफ्नो चुनावी खर्च विवरण पेस गर्न सबै उम्मेदवारहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved