Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बद्री, रोजिना र हेमराजको कारण एनआरएनए टाट पल्टियो  नियमित खर्च चलाउन श्रमिक र च्यारिटी कोषमाथि नजर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 10, 2026
0 shares
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान नेतृत्वको चरम लापर्बाही र फजुल खर्चका कारण संस्था गम्भीर आर्थिक संकटमा फसेको छ।  संस्थाको दैनिक कामकाज र आसन्न १२औं वार्षिक साधारणसभा (एजीएम) तथा निर्वाचनका गतिविधि सञ्चालन गर्न मूल कोष (कोर फन्ड) मा पैसा नभएपछि नेतृत्वले श्रमिक र परोपकारका लागि छुट्याइएको कोषमाथि आँखा गाडेको छ। एनआरएनएकव १२औँ महाधिवेशन फागुन ३० देखि काठमाडौँमा हुँदैछ ।
एनआरएनए स्रोतका अनुसार अध्यक्ष बद्री केसी, रोजिना प्रधान राई र हेमराज शर्मा लगायतका नेतृत्वको अदूरदर्शिताका कारण केही समयअघिसम्म करिब २८ देखि ३१ करोड रुपैयाँ हाराहारीमा रहेको संस्थाको ढुकुटी अहिले रित्तिएर करिब शून्यको अवस्थामा पुगेको छ। आर्थिक अभाव यतिसम्म चुलिएको छ कि, संस्थाले लेखापालमार्फत एक आन्तरिक प्रस्ताव नै तयार पारेर ‘एनआरएनए वैदेशिक रोजगार कोष’ (फरेन इम्प्लोइमेन्ट फन्ड) बाट ६० लाख र ‘एनआरएनए च्यारिटी कोष’ बाट ५० लाख रुपैयाँ गरी कुल १ करोड १० लाख रुपैयाँ मूल कोषमा तान्न खोजेको छ।
नेतृत्वले तयार पारेको उक्त प्रस्तावमा एनसीसी (राष्ट्रिय समन्वय परिषद्) हरूबाट सदस्यता शुल्क नउठेका कारण कोर फन्डमा रकम अभाव भएको र १२औं साधारणसभाको खर्च टार्न तत्कालका लागि ती दुई कोषबाट ‘अस्थायी पेस्की’ का रूपमा रकम स्थानान्तरण गर्नुपर्ने उल्लेख छ। पछि सदस्यता शुल्क उठेपछि उक्त रकम सोही कोषमा फिर्ता गर्ने भनिए पनि स्रोतले भने यो कदमलाई गम्भीर आर्थिक अनियमितताको संज्ञा दिएको छ।
संस्था यो अवस्थामा आइपुग्नुमा मुख्य रूपमा तीन/चारवटा कारण देखिएका छन्। पहिलो, केन्द्रको विवादका कारण अधिकांश देशका एनसीसीहरूले प्रतिसदस्य १० डलरका दरले पठाउनुपर्ने सदस्यता शुल्क केन्द्रलाई पठाएका छैनन्। दोस्रो, विगतमा नेपाल राष्ट्र बैंक एनआरएनए सचिवालयमा भाडामा राखिएकाले  मासिक ९–१० लाख रुपैयाँ आउने गरेकोमा उक्त स्रोत पनि अहिले बन्द भएको छ।
तर, कोष रित्तिनुको सबैभन्दा ठूलो कारण भने नेतृत्वको अनुत्पादक र फजुल खर्च हो। संस्थामा आम्दानीको कुनै स्रोत नभए पनि मुद्दामामिलामा वकिलहरूलाई चर्को शुल्क बुझाउने, राजनीतिक दलका नेताहरूलाई भेट्ने र उनीहरूसँग रेस्टुरेन्टमा गरिने रात्रिकालीन पार्टीको बिल संस्थाको खाताबाट तिर्ने जस्ता कार्यले संस्थालाई धरासायी बनाएको हो। यसका अतिरिक्त सचिवालयमा काम गर्ने कर्मचारीहरूको तलब र अन्य प्रशासनिक खर्च मात्रै मासिक ८ देखि १० लाख रुपैयाँभन्दा बढी छ।
‘वैदेशिक रोजगार कोष’ भनेको एनआरएनएको नियमित प्रशासनिक खर्च चलाउने पैसा नभएर विदेशमा दुःख गरिरहेका खाडी तथा मलेसियालगायतका श्रमिकहरूको हितका लागि खडा गरिएको कोष हो। यसमा एनआरएनएसँग प्रत्यक्ष आबद्ध नभएका सामान्य नेपाली श्रमिकहरूले समेत सहयोग गरेका हुन्छन्।

यस्तो संवेदनशील र निश्चित उद्देश्य (परोपकार तथा श्रमिक उद्धार) का लागि राखिएको रकमलाई संस्थाको आन्तरिक चुनाव, मुद्दामामिला वा प्रशासनिक काममा रकमान्तर गर्नु गैरकानुनी र अनैतिक हुने दाबी स्रोतको छ।
यही गतिमा फजुल खर्च हुने र आम्दानी शून्य रहने हो भने आगामी ५/६ महिनाभित्रै एनआरएनए सचिवालयका कर्मचारीले तलबसमेत नपाउने अवस्था आउने भन्दै संस्थाभित्रैबाट नेतृत्वको चर्को आलोचना सुरु भएको छ।

सदस्यता शुल्क नउठेको बहानामा श्रमिकको रगत–पसिना जोडिएको कोष चलाउने यो तयारीले एनआरएनएको वर्तमान नेतृत्वमाथि गम्भीर नैतिक प्रश्न खडा गरेको छ। यस विषमा बद्री केसी र हेमराज शर्मालाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved