उमेश भुजेल, खोटाङ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको पहलमा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर बच्चा जन्माउन समस्या परेकी जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –८ दोर्पाकी ४४ वर्षीया शान्ता कटुवाललाई मंगलबार मेयर रिजालको पहलमा हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
सुत्केरी व्यथा लगेकी शान्ता केही दिन देखी बिरामी अवस्थामा रहेको र थप उपचारको लागि मेयर रिजालले नै प्रयोग गर्ने गाढीमा सोमबार राती २ बजेको समयमा जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । सुत्केरी महिलाको रक्तश्राव बढी भएकाले जिल्लामा उपचार सम्भव नभए पछि थप उपचारको लागि जिल्ला अस्पताल खोटाङले बाहिर लग्न परिवारलाई सल्लाह दिएको परिवार श्रोतले बताएको छ ।
विपत्तिमा परेका परिवारले पुनः मेयर रिजालले साथ खोजेका थिय । मेयर रिजालले परिवारको आग्रह स्वीकारी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टर झिकाई शान्तालाई काठमाण्डु लगिएको छ । जिल्ला अस्पतालमा नभएका कारणले बच्चा जन्मने साथै आईसियुमा राख्नु पर्ने हुँदा मन्त्रालयसँग समन्वय गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको सहयोगमा सुत्केरी अवस्थाकी सिकिस्त महिलालाई उद्धार गरिएको मेयर रिजालले बताउनु भयो ।
जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री नहुदाँ जिल्ला अस्पताल दिक्तेलले रेफर गरिएका जटिल प्रकृतिका बिरामीलाई महँगो शुल्क तिरेर जिल्ला बाहिर उपचार गर्न लाग्न बाध्य छन् नागरिक।
