Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रामेछापमा ९६ मध्ये ४१ मतदानस्थल अति संवेदनशील

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 27, 2026
0 shares

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लालाई ‘हाइ अलर्ट’मा राखिएको छ । जिल्लाका ९६ मतदान स्थलमध्ये ४१ वटा अति संवेदनशील सूचीमा परेपछि सुरक्षा संयन्त्रले संयुक्त रणनीति लागू गरेको जनाएको छ ।

दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडा रहेको एकमात्र निर्वाचन क्षेत्र रामेछापमा कुल ९६ मतदान स्थल र २ सय २८ मतदान केन्द्र रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) भोलाकुमार भट्टका अनुसार अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक अवस्था, सुरक्षा पेरिमिटर, पहुँच मार्ग र पूर्वाधारको स्थितिलाई आधार मानेर मतदान स्थल वर्गीकरण गरिएको हो । ‘जिल्लाका ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील, ३५ संवेदनशील र २० सामान्य श्रेणीमा राखिएका छन्,’ उनले भने ।

सुरक्षा अनुगमनका क्रममा करिब १५–१६ मतदान स्थलमा काँडे तार वा स्पष्ट पेरिमिटर नभएको पाइएको प्रहरीले जनाएको छ । ती स्थानमा आवश्यक घेरा सुरक्षा मिलाउन स्थानीय तहलाई परिपत्र गरिएको डिएसपी भट्टले जानकारी दिए ।

हाल ३१ मतदान स्थलमा सीसी क्यामेराबाट निगरानी भइरहेको छ । ‘सम्भव भएसम्म अन्य स्थानमा पनि सीसी क्यामेरा जडान गर्न स्थानीय तह, विद्यालय प्रशासन र मतदान व्यवस्थापन समितिलाई सुझाव दिएका छौँ,’ उनले भने ।

निर्वाचन सुरक्षाका लागि जिल्लामा उपलब्ध जनशक्तिसँगै तालुक कार्यालयबाट थप सुरक्षाकर्मी मगाइएको छ । खटिने प्रहरीहरू युनिटगत रूपमा परिचालित भइसकेका छन् र मतदानको ३–४ दिनअघि सम्बन्धित मतदान स्थलमै तैनाथ गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार सुरक्षाकर्मीलाई घेरा सुरक्षा, भीड व्यवस्थापन, परिचालन विधि र आकस्मिक अवस्थाको कार्ययोजनाबारे विस्तृत ब्रिफिङ गरिएको छ । कुनै स्थानमा अप्रत्याशित समस्या देखिएमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वयमा ‘कम्बाइन्ड सुरक्षा रणनीति’ लागू गरिनेछ ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लामा १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका छन् । यसबाहेक २ हजार ४ सय २२ अस्थायी मतदाता छन् ।

निर्वाचनमा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धा कडा देखिएसँगै सुरक्षा निकायले पनि जोखिम मूल्याङ्कनलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved