काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४८ थान राहदानीसहित एक महिला पक्राउ परेकी छन् । नागार्जुन नगरपालिका-१ घर भएकी ४५ वर्षीया तारा चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी भुटान एयरलायन्सको बि-३ ७७३ नम्बरको उडानमार्फत नयाँ दिल्ली उड्न लागेको बताइन्छ । तर त्यसअघि नै उनी चेकजाँजको क्रममा समातिएकी हुन् । उनको झोलाबाट विभिन्न व्यक्तिको ४८ वटा राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताइएकाे छ ।
