Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

थम्बु समुदायको ऐतिहासिक पृष्ठभूमि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 23, 2026
0 shares

थम्बु समुदाय नेपालका भूमिपुत्र (मूलबासी) समुदायहरूमध्ये एक मानिन्छ। यो समुदाय विशेषगरी मध्य–पूर्वी नेपालका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं उपत्यका आसपासका क्षेत्रमा बसोबास गर्दै आएको पाइन्छ।

इतिहासअनुसार थम्बु समुदाय वल्लो किरात राज्यसँग सम्बन्धित शासक वंशका सन्तान हुन्। प्राचीन कालमा काठमाडौं उपत्यकामा बसोबास गर्ने किराती वंशलाई नाग जातिका रूपमा चिनिन्थ्यो, र ती किराती नागवंशीमध्ये थम्बु समुदायको उल्लेख पाइन्छ। करिब ३००० वर्षअघि गोपाल र महेशपाल वंशका शासकहरू (कृष्ण समूहसँग सम्बन्धित) भारतको मथुराबाट बागमती किनार हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरी त्यहाँका मुलबासी किराती नागवंशी थम्बुहरूलाई दमन गरेको उल्लेख किराती परम्परागत इतिहासमा भेटिन्छ। यस क्रममा यलम्बर थम्बु राजाका पुर्खाहरू काठमाडौं उपत्यकाबाट विस्थापित भई बारा जिल्लाको सिमङ्गघाटसम्म पुगेका र पछि पुनः उत्तरतर्फ फर्केर तामाकोशी नदीको किनार पछ्याउँदै दोलखा जिल्लाको किरातीछाप क्षेत्रमा आएर बसोबास गरेको ऐतिहासिक शिलापत्र र मुन्धुम पाइन्छ।

द्वापार युगको कालखण्ड (करिब ८,३४,००० वर्षअघि) मा किरात शासन दोलखाको किरातीछाप क्षेत्रमा केन्द्रित रहेको मानिन्छ। चरिकोटको पूर्व–दक्षिणतर्फ अवस्थित ‘किरातीछाप’ नै किराती थन्बुहरूको राजधानी रहेको छ। आज पनि किरातीछापमा घटनास्थापनाको दिन पञ्च भलादमी बसेर हाई–हाई राजा, पतरङ्गी राजा, स्युस्यु राजा आदिका नाम उच्चारण गर्दै संकल्प गर्ने परम्परा जीवित छ। यसै क्षेत्रसँग सम्बन्धित रूपमा, दोलखा भिमसेनथानको पूजा सुरु हुनु अघि मछिन्द्रनाथको पूजाहारी थाङ्मी (थम्बु) समुदायबाट सुरु गर्ने परम्परा आजसम्म पनि कायम छ।

चरिकोट नजिकै रहेको किरातीछाप थम्बुहरूको राजधानी थियो। हालको दोलखा जिल्लाको शैलुङ क्षेत्रमा किराती राजा हाई–हाई थम्बु र स्युस्यु थम्बु राजाहरूको भेडा–बाख्रापालन व्यवसाय रहेको उल्लेख पाइन्छ। यही गोठ क्षेत्रमा यलम्बर राजाको जन्म भएको मानिन्छ। यलम्बर राजाको न्वारानको नाम ‘यलुङ्ग’ थियो, र यही नामबाट यलुङ्ग हुँदै शैलुङ नामकरण भएको भनाइ पाइन्छ। शैलुङ दोलखा र रामेछाप जिल्लाको सिमानामा अवस्थित छ।

समुद्री सतहबाट करिब ३,४०० मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ अर्थात् शैलुङ डाँडा दोलखा जिल्लाको दक्षिण–पश्चिम भागमा पर्दछ। शैलुङ डाँडा प्राकृतिक सौन्दर्यका साथै धार्मिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण स्थल हो। आज यहाँ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेला आदि पर्वहरूमा दर्शनार्थीका रूपमा पुग्ने गर्छन्। शैलुङ क्षेत्रमा रहेका सयवटा मनमोहक थुम्काहरू किराती सभ्यतासँग गहिरो रूपमा सम्बन्धित छन्। यद्यपि, किराती समुदाय यस क्षेत्रबाट विस्थापित भएपछि अहिले ती स्थानहरू हिन्दु र बौद्ध समुदायका धार्मिक केन्द्रका रूपमा विकसित भएका छन्।

त्रीपुरासुन्दरी मन्दिरमा गरिने बलिपूजाको प्रारम्भ थम्बु समुदायका थामी पुजारीबाट गर्ने परम्परा ऐतिहासिक रूपमा रहँदै आएको छ। त्यसपछि मात्र अन्य जाति–समुदायले पूजा गर्ने चलन रहेको पाइन्छ। विशेषगरी तीन जना हिप्पा थामीलाई बलिपशुको रगत चढाउने, त्यसपछि राजकुलेश्वर मन्दिरमा ती थामीहरूलाई पगरी लगाइदिई पूजा गर्ने र बलेको बत्ती मुखमा राख्ने परम्परा आजसम्म पनि जीवित छ।

यलम्बर राजा दोलखाको किरातीछापबाट आफ्ना सैनिकसहित गोपाल तथा महेशपाल वंशी शासकहरूसँग युद्ध गर्न काठमाडौं आएका थिए भन्ने विवरण किराती शिलापत्रहरूमा उल्लेख भएको पाइन्छ। काठमाडौं उपत्यकामा युद्धमा विजय प्राप्त गरेपछि यलम्बर राजाले कैरात राज्य स्थापना गरी पाटनमा दरबार निर्माण गर्दै उपत्यकामा किराती शासन र विरासत कायम गरेका थिए। यलम्बर राजाको शासनकालमा राज्यको भाषा ‘थाङ्मी खाम’ र लिपि ‘यलुङ्ग लिपि’ प्रयोगमा रहेको तथा त्यससम्बन्धी सूचिपत्र जारी गरिएको उल्लेख पाइन्छ।

गोपाल वंशी इतिहास अध्ययन गर्दा पनि बागमती र तामाकोशी किनारमा बसोबास गर्ने नागवंशी जातिहरू नै किराती थम्बु थिए भन्ने तथ्य भेटिन्छ। काठमाडौं उपत्यकाका प्राचीन किराती नाग जातिहरू नै आजका थम्बु समुदाय हुन्, जो अहिले थामी, थाङ्मी र थानमी नामले चिनिन्छन्। काठमाडौं उपत्यकाका धेरै प्राचीन स्थानमा, सभ्यता र सांस्कृतिक पदावलीहरू थाङ्मी खाम भाषासँग सम्बन्धित छन्। यस आधारमा काठमाडौंका प्राचीन नाग जाति थम्बु समुदाय नै भएको ऐतिहासिक प्रमाणहरू प्रशस्त भेटिन्छन्।

भाषा र संस्कृति
थम्बु समुदायले आफ्नै ‘थाङ्मी खाम’ भाषा प्रयोग गर्छ। यस समुदायको संस्कृति प्रकृतिपूजा, पुर्खा पूजा, भूमे पूजा, उधौली–उभौली, छिम्या पूजा, माघे संक्रान्ति र साउने संक्रान्ति जस्ता सामुदायिक परम्परामा आधारित छ। जन्म, विवाह र मृत्युसँग सम्बन्धित संस्कारहरू आफ्नै गुरु (झाँक्री) र मुन्धुम परम्पराअनुसार सम्पन्न गरिन्छ।

धेरै इतिहासकारहरूको अनुसन्धानले पल्लो किरात (लिम्बु), माझ किरात (खम्बु) र वल्लो किरात (थम्बु) का पुर्खा एउटै भएको निष्कर्ष प्रस्तुत गरेका छन्। वल्लो किरातभित्रका थम्बु (थाङ्मी, थामी, थानमी), जिरेल, सुरेल, सुनुवार र चेपाङ समुदाय एउटै बाजेका सन्तान भएको उल्लेख विभिन्न ऐतिहासिक अध्ययनमा पाइन्छ। दोलखा जिल्लाको बाबरे क्षेत्रको इतिहासमा आधा भू–भाग सुनुवार (राई) र आधा भू–भाग थामी (थम्बु) को अंश रहेको उल्लेख भेटिन्छ, जसले दाजुभाइबीच अंशबन्डा हुने परम्परालाई पुष्टि गर्दछ।

काठमाडौं उपत्यकाको प्राचीन राज्य व्यवस्था, राजाहरू, संस्कृति, संस्कार, भाषा, भेषभूषा, मुन्धुम र किरात सभ्यताको गहिरो सम्बन्ध थम्बु समुदायसँग रहेको देखिन्छ।

लेखक : मदन थम्बु (थोरो रिश्मी)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved