Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बदलिएकाे नेतृत्व हुनाले याे पटक मत परिवर्तन गर्दै भक्तपुर १ का मतदाताहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 22, 2026
58

भक्तपुर । एउटा जनप्रतिनिधिले क्षेत्रको भाग्य बदल्न सक्छ त भन्ने भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का बिशेषगरि चाँगुनारायण नगरपालिकाका मतदाताको मनमा खेलिरहेको यो प्रश्नको एउटै र भरपर्दो उत्तर बनेर उदाएका छन् अधिवक्ता: किरण न्याैपाने। नेतृत्व बदलिए सँगै नेपाली काँग्रेसको इमानदार सिपाहीका रूपमा उनले यसपटक प्रतिनिधि सभा निर्पाचन क्षेत्र नं. १ मा टिकट पाए।

यसकाे अलावा मतदाताहरुकाे घर घरमा मत माग्दै जाने क्रममा केवल भोट मागेका मात्र छैनन्, भक्तपुर १ लाई देशकै नमूना क्षेत्र बनाउने र यहाँ भएका पर्यटिकिय क्षेत्रहरसलाई थप आकर्षण सहित विश्वमाझ प्रख्यात बनाउने राेडम्याप अघि सारेका छन्।

हिजाेका दिन न्यायालयबाट जनताकाे सेवा गरेका किरणले फागुन २१ पछि समग्र भक्तपुर क्षेत्र नं. १ काे समस्यालाई केन्द्र सरकार सम्म निर्वाचित सांसदकाे रुपमा पुर्याउने दृढ काचा गरेका छन्।

अरु दलका नेतालाई गालि गरेर र उनिहरुकाे गल्तिलाई मात्र समस्याकाे रुपमा इङ्गीत गर्नु भन्दा पनि काम गरेर मतदाताकाे मतकाे सम्मान गर्ने वचन बद्धता प्रस्तुत गरेका छन्।

विश्व सम्पदा सूचिमा सुचिकृत चाँगुनारायण मन्दिर, पाँच तले मन्दिर,भक्तपुर दरवार स्क्वायर,पर्यटकीय स्थल नगरकाे जस्ता स्थान र सम्पदाहरुमा केन्द्रीय बजेट मार्फत आकर्षक बनाउने,विभिन्न जातजाति,भाषा र धर्मकाे जगेर्नामा प्राथमिकतामा राखेर संविधानका धारा र उपधाराहरुबाट कुनै बन्देज रहेकाहरुलाई सहज बनाउन संसदमा आवाज पुर्याएर भएपनि नगरमा पर्यटककाे संङ्ख्या बठाउने उनले स्थानिय मतदाताहरुमाझ प्रतिवद्धता जाहेर गरेका छन्।

अनाधिकृत जग्गा प्लटिङले पिडामा रहेका नागरिककाे समस्या समाधान, खानेपानी, सिँचाइ र हनुमन्ते सरसफाइ र स्थाई रुपले व्यवस्थित गराउने, पर्यटकहरुबाट चाँगु तथा भक्तपुर बजारमा अवलाेकनका लागि सङ्कलित लाखौं रकमहरुकाे पारदर्शिता, साे क्षेत्र भित्रका बिग्रेका बाटाेहरु मर्मतमा केन्द्रीय बजेटकाे व्यवस्थापन गर्ने साथै २०७२ काे भुकम्पबाट क्षेतिग्रस्त सम्रचनाकाे पूर्ण छानविन र खाेजिगरि पिडितहरुलाई न्यायदिलाउने जस्ताे बिषयहरु न्याैपानेकाे मुख्य एजेन्डामा रहेकाे छ।

किसानहरुका लागि समयमा बिय र मल उपलब्ध गराउनका लागि रासायनिक मलकाे कार्खाना निर्वाचन क्षेत्र भित्र स्थापना गरि समयमै मल उपलब्ध गराउने मात्र नभई यहाका किसानका लागि ५०% सहुलियतमा दिलाउने समेत उनले मतदाताहरुलाई प्रतिव्द्दता जनाएका छन्।

संस्कृति र परम्परा जगेर्ना र त्यसलाई थप सशक्त गराउनका लागि केन्द्रिय बजेट मार्फत भाषा,शिक्षा र कलाकाे तालिमहरु गराउँदै अघि बढाउने समेत उनले मतदाताहरुलाई बताउँदै आएका छन्।

यसकाे अलावा चुनावी एजेण्डामा सुशासन र स्थिर सरकारको कुरा मात्र छैन, यहाँका युवाहरूको भविष्य र ‘जेन-जी’ (Gen-Z) पुस्ताको डिजिटल सपनाको बलियो ग्यारेन्टी छ । विदेशिन बाध्य युवाहरूलाई आफ्नै माटोमा पसिना बगाउने वातावरण बनाउन उनले उद्योग, हस्तकला र पर्यटनमा ‘रोजगारी क्रान्ति’ ल्याउने मतदाता सँग कसम खाएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (AI) र सूचना प्रविधिको युगमा भक्तपुरका विद्यालय र सरकारी कार्यालयलाई स्मार्ट बनाउने उनको आधुनिक सोचले यहाँका बालबालिकालाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ । उनले अघि सारेको प्राविधिक शिक्षाको योजनाले भक्तपुरलाई ‘सर्टिफिकेट होइन, सीप र रोजगारी दिने थलो’ का रूपमा पुन: परिभाषित गर्नेछ ।

संविधानको रक्षा र लोकतन्त्रको पहरेदारी गर्दै आफ्नाे निर्वाचन क्षेत्र मात्र नभइ समग्र भक्तपुरलाई समृद्धिको शिखरमा पुर्‍याउन किरणले आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने प्रण गरेका छन् । महिला उद्यमीहरूको हात बलियो बनाउनेदेखि वृद्धवृद्धाको सम्मान र आधुनिक प्रविधिदेखि परम्परागत कलाको संरक्षणसम्म- उनको योजनामा सबैको अपनत्व छ । त्यसैले, यो निर्वाचन केवल प्रतिनिधि छान्ने बेला होइन, भक्तपुरको भविष्य सुरक्षित गर्ने अवसर भएको भक्तपुरका आम मतदाताको भनाई छ ।

 

२०३८ साल देखि एउटै स्थानिय पार्टीको नेताले संसदमा प्रतिनिधित्व गर्दा केन्द्र सरकारले उनी एक जनाकाे आवाज नसुन्ने परिपाटी बसेकाे याे परिप्रेक्ष्यमा राष्ट्रिय पार्टीको रुपमा रहेकाे पुरानाे दल तर, नेतृत्व सुधारिएकाे दलकाे उमेदवार आफ्नाे घरदैलोमा आएर यस्ता प्रतिव्द्धता जनाईरहँदा मतदाताहरु पनि याे पटक पुराना दलमा नेमकिपा र नयाँ दलमा रास्वपामा भन्दा नेपाली कांग्रेस त्यसमा पनि अधिवक्ता किरणलाई नै रुखमा मतदान गरेर एक पटक मत परिवर्नत गर्ने बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved