Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“धर्म केलाई भनिन्छ….? “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2026
3 shares

भक्तजनको रङ्गीबिरङ्गी, टिका लाउँदा लाउँदै

ईश्वर पनि थाकेका छन् ,मन्दिर आउँदाआउँदै

सुन ए जिन्दगी !आइज बस, दुई चार कुरा गरौँ

तँ पनि त थाके होलास्, मलाई भगाउँदा भगाउँदै ।

हामी सबै धार्मिक छौँ, धर्ममा विश्वास गर्छौं । कसैले कुनै धर्म कसैले कुनै धर्म, धर्मभित्र पनि कसैले कुनै देवता कसैले कुनै ,आआफ्नै ।

एउटा नगरमा भगवान शिवको ठूलो मन्दिर थियो जहाँ टाढा टाढाबाट भक्तजनहरू आउँथे । एकदिन पूजा चलिरहेको थियो । भक्तजनहरूले पुरै मन्दिर परिसर भरिएको थियो । तब अचानक आकाश गर्जिन थाल्यो। एउटा भविष्यवाणीका साथ सुनको थाल उत्पन्न भयो । त्यो भविष्यवाणी थियो “जो व्यक्ति भगवान शिवशंकरको सच्चा भक्त प्रमाणित हुन्छ, यो सुनको थाल उसैको हुनेछ” । त्यहाँ उपस्थित सबैले त्यो भविष्यवाणी सुने र सुनको थालीतर्फ ध्यान केन्द्रित हुन थाल्यो। जो पण्डित पुजारी थिए , मन्दिरको व्यवस्थापनमा खटिएका थिए ,उनीहरुलाई विश्वास थियो कि यो थाल हामीलाई नै मिल्छ । सबैभन्दा पहिला पण्डित आएर भन्न थाले यो थाल मैले नै पाउनुपर्छ सबभन्दा धेरै पूजा म गर्छु र गर्न लगाउँछु । जब उनले थाल उठाए थाली पित्तलको भयो । यो देखेर पुजारी छक्क परे । थाल यथास्थानमा राखेर निस्किए । यसै प्रकार त्यहाँ ठूलाठूला व्यक्ति मानिएका ,दानवीर मानिएका व्यक्तिहरू थाल आफ्नो बनाउने धुनमा थिए तर उनीहरू मध्य सच्चा भक्त कोही प्रमाणित भएनन् । कसैलाई लागिरहेको थियो कतै यो भ्रम त होइन…..? तर मन्दिर परिसरमा जे हुन्छ चमत्कार हुन्छ । त्यसैमा त्यस ठाउँका राजा आए, छोटे राजा । सबैलाई विश्वास थियो कि राजाले नै यो थाल पाउनेछन् । उनले भने “मैले भगवान शिवजीको मन्दिरमा लाखौं दान गरेको छु, उनको सच्चा भक्त म हुँ। यसकारण यो थाल मेरो हुनेछ । जब उनले थाल उठाए थाल तामाको भयो । यो देखेर राजा पनि लज्जित भए । थाल यथास्थानमा राखिदिए र एउटा ठाउँमा गएर उभिए ।

एक सय एक दानी पुरुषहरु ,पण्डितहरु, पुरोहितहरु आए , थाल उठाए तर थाल कसैको हातमा केही बन्छ ,कसैको हातमा केही । मान्छेहरूलाई महसुस भयो कि हामी शिवजीका सच्चा भक्त रहेनछौं । त्यहीबेला एकजना किसानको आगमन भयो । महिनौपछि चतुरमासमा शिवजीको दर्शन गर्न आएको थियो । दिनरात खेतमा काम गर्ने मजदुर किसान आफू र परिवारको गुजारा चलाउँथ्यो । बाटोमा आउँदै गर्दा उसले मन्दिरमा भएको थालको बारेमा सुनेको थियो तर उसले त्यतातर्फ ध्यान दिएन र महादेवको दर्शन गर्यो र निस्कदै थियो। तब पछाडिबाट कसैले भन्यो तिमी पनि यो थाल उठाएर हेर, कतै तिम्रो पो हुन्छ कि । तिमी नै पो सच्चा भक्त पुष्टि हुन्छौ कि….? किसानले मुस्कुराउँदै जवाफ दियो “कहाँ आकाशको जुन,कहाँ धर्तीको कण” कहाँ तपाईहरु जस्तो राजा महाराजा पण्डित पुजारी, कहाँको म किसान । म कुनै पूजापाठ गर्दिन । अनेकौं विधि र विधान अपनाएर भक्ति भजनमा लाग्दिन । महिनामा एक दुई पटक मन्दिर आउने गर्छु ,म के को सच्चा भक्त…?

पछाडि बसेका मान्छेहरुले भने “त्यो त हो, तैपनि बिग्रने के छ र ? कोसिस त गर ,सुनको थाली तिम्रो होला नहोला थाहा त हुन्छ तिमीमा भक्ति छ कि छैन । उपस्थित मान्छेहरूको आग्रहलाई त्यो गरिब किसानले टार्न सकेन र थाललाई उठायो बिना कुनै लालच । सबै चकित परे। थाल त झन् रोशनीले चम्किन थाल्यो, सुनको थाली थियो । सबैले बधाई दिन थाले र सोध्न थाले “तिमी नै सच्चा भक्त रहेछौ शंका भएन ,तर हामीलाई भन ,कसरी भक्ति गर्छौ, ताकि भगवान महादेव तिमीसँग यति प्रसन्न रहेछन् ? किसानले भन्यो म कुनै त्यस्तो भक्ति गर्दिन । म केवल मेहनत गर्छु अरुलाई दान गर्नका लागि मसँग केही पनि छैन । तर कसैको ईर्ष्या र लालच पनि गर्दिन । म कसैलाई भलाई गर्न सक्दिन तर कुभलो पनि कसैको चिताउन सक्दिन । म मन्दिरमा केही पाउनका लागि आउँदिन ,चढाउनका लागि पनि आउँदिन । तर यहाँ ईश्वरको उपस्थित छ भनेर कहिलेकाहीँ मनलाई बिसाउन आउँछु । मेरो परिश्रमले जे जति आर्जित गर्छु सकेको केही जरुरतमा परेका मान्छेलाई दिन्छु । त्यसका अलावा म कुनै विशेष काम गर्दिन “।

जहाँसम्म लाग्छ सुनिएको पढिएको पनि छ ईश्वरको सन्देश यही हो,” तिमी तिमी बन, पुजा र प्रार्थना देखाउनका लागि होइन, आत्म सन्तुष्टिका लागि हो। तिमी स्वयंमा एक मन्दिर हौ ।

सयौं कोष यात्रा गरेर मन्दिरमा अवस्थित ईश्वरलाई खुसी तुल्याउँछु भन्ने भ्रम पालेर जुन देखावटी वस्त्र फेरिन्छ, त्यो पूजा, त्यो साधना,तपस्या, भक्तिलाई स्वयं ईश्वरले स्वीकार गर्दैनन् भन्ने तात्पर्य यो कहानीले बुझाउँछ ।

श्रीराम रानाभाट पोखरा।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved