उदयपुर। उदयपुर सिमेन्ट उद्योगमा १२ करोड देखि ४६ करोडसम्मको ठूलो भ्रष्टाचार गरेको आरोपमा पूर्वजीएम सहित ८ जनाबिरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ ।
अख्तियारले पूर्व जीएम सुरेन्द्र पौडेल सोही समयका निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीबिरुद्ध मुद्दा दर्ता भएको हो ।
स्रोतका अनुसार लामो समयदेखि फाईल अनुसन्धानमै रहेको भएपनि राजनीतिक छत्रछाँयाका कारण भित्रभित्रै रोकिएको मुद्धा जेनजी सरकारको आगमनसँगै तीब्र कार्यन्वयन प्रक्रियातर्फ बढेको थियो ।
