Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पथरी जेसिजद्वारा सहिद स्मृतिमा दिप प्रज्वलन, शान्ति र मानवताको सन्देश प्रवाह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 31, 2026
58

पथरी शनिश्चरे मोरङ। पथरी जेसिजले प्रत्येक वर्ष झैं यस वर्ष पनि माघ १६ गते सहिद दिवसको साझँ ज्ञात तथा अज्ञात सहिदहरूको सम्मानमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

पथरी जेसिज कार्यक्रम वर्ष २०२६ का बोर्ड पदाधिकारीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले देशका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै अबको दिनमा कसैलाई पनि सहिद बन्न नपरोस् भन्ने शान्तिपूर्ण समाज निर्माणको सन्देश दिएको छ।

कार्यक्रममा अतिथिका रूपमा पथरी जेसिज वर्ष २०२४ का अध्यक्ष जेसिआइ सिनेटर राजकुमार विश्वकर्मा, समाजसेवी प्रदिप राई लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा पथरी जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले सहिदहरूको बलिदानले नै आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै नयाँ पुस्ताले सहिदको सपना पूरा गर्न इमानदार, जिम्मेवार र देशप्रेमी नागरिक बन्नुपर्नेमा जोड दिनुभयो।

पथरी जेसिज कार्यक्रम वर्ष २०२६ का अध्यक्ष सुमन कुरुम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिज सदस्यहरू, सामाजिक अभियन्ता तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमले सहिदप्रतिको सम्मानसँगै समाजमा शान्ति, एकता र सद्भाव प्रवर्द्धन गर्ने सन्देश फैलाएको आयोजकले जनाएको छ। कार्यक्रम रीता कुलुङको संयोजकत्वमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved