Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काे हुन् स्वर्गीय राेवर्ट कार्थक ??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 14, 2026
0

दिपेश श्रेष्ठ । इतिहास प्रायः ठूला आवाज, ठूलो आन्दोलन र शक्तिशाली नेतृत्वको कथा लेख्छ। तर केही इतिहास यस्ता पनि हुन्छन्, जुन मौन रूपमा बनाइन्छ, न नारासहित, न भीडसहित। नेपाली ख्रीष्टियन इतिहासमा त्यस्तै मौन तर गहिरो छाप छोड्ने व्यक्तित्व हुन्— स्व. पास्टर रोबर्ट कार्थक। उहाँ प्रचारक मात्र होइन, नेपालमा संगठित ख्रीष्टियन विश्वासको आधार तयार पार्ने, जोखिमबीच बीउ रोप्ने र पुस्तौँसम्म फल दिने जीवनका शिल्पी थिए।

स्व. पास्टर रोबर्ट कार्थकको जन्म १० जनवरी १९२६ मा भारतको दार्जिलिङ जिल्लास्थित कालिम्पोङमा भएको हो। उहाँ ख्रीष्टियन विश्वासमा दृढ, अनुशासित र आत्मिक वातावरणमा हुर्किएका हुन्। उनका बुबा–आमा नियमित प्रार्थना, बाइबल अध्ययन र सादगीपूर्ण जीवनमा विश्वास राख्ने व्यक्ति थिए। घरभित्रको यही अनुशासनले उनको बाल्यकाललाई गहिरो आत्मिक संस्कारले ढालेको देखिन्छ।

विद्यालय जीवनमा उहाँ शान्त, अध्ययनशील र जिम्मेवार विद्यार्थीका रूपमा चिनिन्थे। पढाइसँगै अरूलाई पढाउने, कमजोर विद्यार्थीलाई सहयोग गर्ने उनको बानीले सेवा र नेतृत्व दुबै गुण सानैदेखि विकास गरिरहेको संकेत दिन्छ। ख्रीष्टियन विश्वासको स्वीकार : जीवनको निर्णायक मोड सन् १९४६ मा रोबर्ट कार्थकले प्रभु येशू ख्रीष्टलाई व्यक्तिगत उद्धारकर्ताको रूपमा स्वीकार गरे।

यो निर्णय भावनात्मक क्षण मात्र थिएन, बरु जीवनको दिशा नै परिवर्तन गर्ने ऐतिहासिक मोड थियो। त्यसपछि राेवर्टले ख्रीष्टियन शिक्षामा गहिरो अध्ययन गरे र पास्ट डेभिड मुखियाबाट पानीको बप्तिस्मा ग्रहण गरेका थिए। यही समयदेखि उहाँको जीवनमा एउटा स्पष्ट आत्मिक बोलावट देखिन थाल्यो। आफ्नो सहज जीवन त्यागेर प्रभुको सेवामा समर्पित भएका थिए।

सन् १९५६ मा स्व. पास्टर रोबर्ट कार्थक नेपाल प्रवेश गरेका थिए। त्यो समय नेपाल धार्मिक रूपमा बन्द समाज थियो। ख्रीष्टियन विश्वास सार्वजनिक रूपमा अभ्यास गर्नु सहज थिएन। प्रचार, संगति र मण्डली स्थापना जोखिमपूर्ण मानिन्थ्यो। तर,उनि डराएनन् । उनिसँग न त ठूलो संगठन थियो, न त आर्थिक स्रोत। थियो त केवल विश्वास, प्रार्थना र धैर्य।

सन् १९५७ मा काठमाडौंको डिल्लीबजार क्षेत्रमा पहिलो ख्रीष्टियन संगति सुरु भयो। थोरै विश्वासी, सानो कोठा र सीमित साधनबीच सुरु भएको यही संगति पछि गएर ज्ञानेश्वर चर्चको रूपमा विकसित भयो। आजको नेपाली ख्रीष्टियन इतिहासमा यो घटनालाई एउटा निर्णायक मोड मानिन्छ। यही ठाउँबाट संगठित मण्डली, आत्मिक नेतृत्व र शिष्यत्वको प्रक्रिया अघि बढ्यो।

याे सवालमा स्व. राेवर्टकाे याेगदान देशव्यापी सेवा र दीर्घ योगदान काठमाडौंमै सीमित रहेनन् । उनले नेपालका विभिन्न भू–भागमा पुगेर मण्डली स्थापना,आत्मिक अगुवाहरू तयार, बाइबल शिक्षा, प्रार्थना र शिष्यत्व अभियानलाई निरन्तरता दिए। करिब ६५ वर्षभन्दा बढी समय उनले नेपालमै बसेर सेवा गरे। उनको सेवा प्रचारभन्दा बढी जीवनद्वारा साक्षी दिने शैलीको थियाे। यान कि चर्का भाषण होइन, सादा जीवन।

स्व. पास्टर कार्थकको सबैभन्दा ठूलो विशेषता नम्रता थियाे,
उनि पद, प्रसिद्धि वा सम्मानको पछि कहिल्यै लागेनन्।
चर्चभित्र उनि अगुवा तर, जीवनमा सधैं सेवक भएर बसे।
उनले प्रायः भनिरहन्थे “यदि मानिसले मेरो जीवन हेरेर ख्रीष्ट देख्न सक्छ भने, त्यो नै मेरो सफल सेवा हो।”
यही सोचले उनलाई नेपाली ख्रीष्टियन समाजमा आत्मिक पिताको स्थान दिलायो।

दीर्घ सेवापछि, स्व. पास्टर रोबर्ट कार्थकको १८ सेप्टेम्बर २०२१ मा काठमाडौंमा काेभिडका कारण ९६ बर्षकाे उमेरमा उपचारकै क्रममा निधन भयो। लामो समयदेखि देखिँदै आएको बुढ्यौलीसम्बन्धी स्वास्थ्य समस्याबीच पनि राेबर्ट अन्तिम समयसम्म प्रार्थनात्मक जीवनमा स्थिर रहेका निष्ठावान सेवकै रुपमा स्थापित रहे। उनको निधनसँगै नेपाली ख्रीष्टियन इतिहासको एउटा मौन तर गहिरो अध्याय समाप्त भयो।

स्व. पास्टर रोबर्ट कार्थकले छोडेर गएको विरासत कुनै भवन, संस्था वा पदमा सीमित छैन। उनले छोडेको सबैभन्दा ठूलो सम्पत्ति हो। विश्वासको निरन्तरता, सेवाको संस्कार र आत्मिक नेतृत्वको परम्परा। आज नेपालभर फैलिएका सयौँ मण्डली, हजारौँ विश्वासी र आत्मिक अगुवाहरू उहाँको जीवनबाट प्रेरित छन्।

स्व. पास्टर रोबर्ट कार्थक इतिहासमा ठूलो स्वरले कहिल्यै बाेलेनन्। तर उनको जीवन आज पनि बोलिरहेको छ र याे आत्मिक बाेलि मौन रूपमा, गहिरो रूपमा र पुस्तौँसम्म बाेलि रहने छ। नेपालको धार्मिक इतिहासमा स्व. राेवर्ट कार्थक मौन क्रान्तिका नायकका रूपमा सधैं स्मरण गरिरहने नाम भएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved