Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डेल्टा भेरियन्टको डर त्रास, यसले व्यक्ति छोड्दैन, उमेर रोज्दैन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 22, 2021
[webverse_shares]

काठमाडौं । स्वास्थ्य मापदण्डको पालना नगरी घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? ख्याल राख्नुहोस्। सबैभन्दा घातक मानिएको डेल्टा भेरियन्ट र यसको उत्परिवर्तित रूप (एवाई.१ /डेल्टा प्लस) ले संक्रमण गराउन सक्छ । कोरोना भाइरसका मुख्य १२ प्रजातिमध्ये सबैभन्दा बढी संक्रामक डेल्टा भेरियन्ट भएको पाइएको छ। यसले सबै उमेर समूहका महिला पुरुष लाई संक्रमण गराउने विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं सूक्ष्म जीव विज्ञान विज्ञ डा. प्रकाश घिमिरेका अनुसार, पछिल्लो समय विश्वभर नै झण्डै ७० प्रतिशत संक्रमण डेल्टा भेरियन्टले गराएको छ । नेपालसहित भारत, अमेरिका, ब्राजिललगायत मुलुकमा डेल्टा भेरियन्टकै डर देखिएको छ । भारतबाट भित्रियो डेल्टा भेरियन्टको उद्गम भारतलाई मानिएको छ। यो भेरियन्टले संसारभर संक्रमणको जोखिम बढाइरहेको डा. घिमिरेले बताए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दोस्रो संक्रमणमा डेल्टा भेरियन्ट सक्रिय रहेको बताए। उनले भने, ‘डेल्टा भेरियन्टकै कारण दोस्रो लहरमा बढी संक्रमण फैलिएको देखियो।

यो अलि बढी संक्रामक छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्छ ।’ नेपालमा पनि डेल्टा भेरियन्टको संक्रमण अधिक पाइएको छ। गत वैशाख २६ देखि जेठ २० गतेसम्म मुलुकका विभिन्न भागमा विभिन्न उमेर समूहका व्यक्तिहरूबाट ४८ वटा नमुना संकलन गरिएको थियो। संकलित नमुनाहरूको जिनोमिक पहिचान (सिक्वेन्सिङ) गर्दा अधिकांशमा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् ।

संकलित ४८ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी जिनोम सिक्वेन्सिङका लागि भारत पठाइएको थियो। जसमध्ये ४७ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भए कोडा. अधिकारीले जानकारी दिए। डेल्टा भेरियन्ट पुष्टि भएका ४७ वटा नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन (के ४१७एन म्युटेसन) भेटिएको छ। यसलाई एवाई.१ नामाकरण गरिएको छ। यसलाई भारतमा डेल्टा प्लसका रूपमा सञ्चारमाध्यममा चर्चा गरिएको छ। हालसम्म यो उत्परिवर्तन नेपालसहित विश्वका १० मुलुकमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोगमा जिनोमिक पहिचान सम्भव भएको हो। भारतको नयाँ दिल्लीस्थित दि इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी जिनोमिक पहिचान गरिएको थियो। नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्न अल्फा(बी.१.१.७), डेल्टा (बी.१.६१७.२) पाइएको पुष्टि भएको छ। त्यस्तै भेरियन्ट अफ इन्ट्रेष्टका रूपमा कप्पा (बी.१.६१७.१) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, ‘यी भेरियन्टहरू बढी संक्रामक छन्। सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ ।’ अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved