Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लघुकथा संग्रह ‘बकसपत्र’ र कविता संग्रह ‘छन्द आराधना’ माथिको विमर्श कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 11, 2026
[webverse_shares]

हिमांशु राय-मोरङ । बेलबारी स्रष्टा विष्णु भण्डारी आचार्यको लघुकथासङ्ग्रह ‘बकसपत्र’ र विराटनगरका स्रष्टा रोहिणी रसिकको कवितासङ्ग्रह ‘छन्द आराधना’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ। कोसी साहित्य-कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा ती दुई कृतिको विमर्श गरिएको हो।

खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहेका थिए।
प्रमुख अतिथिले संस्थाले रु.१ बाट सुरु गरेर १ करोड पुर्याउने उद्देश्य सहित सुरु गरेको अक्षयकोष निर्माणको अभियान अन्तर्गत दान पेटिकामा रकम हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा भण्डारीको कृतिमाथि निरज कोइराला र केशु विरही, रसिकको कृतिमाथि डा.दीपकप्रसाद न्यौपाने र बाबुराम पोखरेलले समीक्षा प्रस्तुत गरेका थिए। विमर्शक विरहीले जीवनी, व्यक्तित्व र कृतित्वबिचको अन्तरसम्बन्धका बारेमा समीक्षा प्रस्तुत गर्दै कथाकार भण्डारी साहित्यका अतिरिक्त समाजसेवामा पनि उत्तिकै सक्रिय रहेको बताए।

विमर्शक कोइरालाले लघुकथाको सिद्धान्तका बारेमा उल्लेख गर्दै ‘बकसपत्र’ भित्रका रचनाको चिरफार गरेका थिए।केही कथामा परिवेश दोष रहे पनि सबै कथाहरू निकै उत्कृष्ट रहेको बताए। विमर्शक बाबुराम पोखरेलले जीवनी, व्यक्तित्व र कृतित्वमाथि बोल्दै रसिकको रगतले साहित्यको विरासत बोकेको बताए। विमर्शक डा. दीपकप्रसाद न्यौपानेले रसिकको कविता कृति ‘छन्द आराधना’ को विहङ्गम समीक्षा प्रस्तुत गरेका थिए।

महेन्द्र बहुमुखी क्याम्पस धरानका नेपाली विभागका प्रमुखसमेत रहेका विमर्शक न्यौपानेले छन्द साधना गर्दा वा छन्द मिलाउने नाममा नेपाली भाषाको मानक व्याकरणलाई तोड्न नहुने विचार व्यक्ति गरे।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पोखरेलले कोसी साहित्य-कला परिषद् नेपालले सुरु गरेको अभियानसँग आफू जानकार रहेको बताउँदै यस अभियानमा सबैको साथ र सहयोग रहने बताए। दुवै स्रष्टालाई बधाइ तथा शुभकामना दिँदै यस्ता कार्यक्रमले लेखकलाई खारिन सहयोग पुग्ने विचार व्यक्त गरे।
सभाध्यक्षको तर्फबाट मन्तव्य व्यक्त गर्दै हरि कट्टेलले विभिन्न स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने अभियान आफैँमा सुन्दर रहेको बताए।

कार्यक्रममा सहकार्य गर्न पाएकामा खुसीसमेत व्यक्त गरे । लेखक द्वय भण्डारी र रसिकले पनि आआफ्ना धारणा राख्तै विमर्श कार्यक्रम राखेर आफूहरूका कृतिको सुगन्ध फैलाउन सहयोग गरेकामा आयोजक संस्था तथा समीक्षकहरूप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा मोरङ, सुनसरी तथा झापाका विभिन्न स्थानका स्रष्टा/कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा श्रीप्रसाद पोखरेल, मञ्जुश्री गिरी, शारदा भट्टराई, निर्मला नेपालले विमर्श गरिएका कृतिभित्रका दुई दुईओटा रचना वाचन गरेका थिए।

साहित्य विभागका सहसंयोजक शारदा दाहाल भण्डारीले कार्यक्रममा सहभागी सबैलाई संस्थाको तर्फबाट शब्दले स्वागत गरेकी थिइन्। सहआयोजक संस्था छन्द वाटिका नेपाल,विराटनगरका अध्यक्ष, हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य-कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ र कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved