श्रीराम रानाभाट। १) नियमितको जागिर गराइबाट आर्थिक स्वतन्त्रता मिल्दैन ।
२) यदि कोही आफूभन्दा स्मार्ट (SMART)छ भने प्रतिस्पर्धा होइन त्यस्तासँग मिलेर काम गर्नुपर्छ ।
३) परिवार परिवार नै हो परिवारलाई परिवारकै रूपमा बुझ्नुपर्छ । साथी सर्कल अर्को परिवार हो विचार पुर्याएर बनाउनुपर्छ ।
४) मेरो समस्या कसैले समाधान गर्ने होइन, म आफैँले हो । मेरो जीवनको पूर्ण जिम्मेवारी मेरो नै हौ ।
५) आराम हराम हो । आरामले दिन काट्ने होइन, यसले एकदिन दुःखी बनाउन सुरु गर्छ ।
६) ती मान्छेको कुरा कहिले नसुन्नु,जसले तिमीले गरेको प्रगति सहन, देख्न सक्दैनन् ।
७) धुम्रपान गर्ने बानी नबसाउनु, यसले तिम्रो सोच्ने शक्तिलाई कमजोर बनाउँछ ।
८) जाँड रक्सीबाट टाढा बस्नु, किनकि यसले मूर्ख बनाउनुका साथै संयमता गुमाउँछ ।
९) आफ्नो व्यक्तिगत कुराहरू पूर्णरूपमा कसैलाई पनि साझा(SHARE) नगर्नु ।
१०) कसैको कुरालाई व्यक्तिगत रुपमा नलिनु, यसले मानसिक समस्याबाट मुक्ति दिन्छ ।
११) यदि म भित्र समस्याहरू छन् भने समाधानकर्ता पनि म नै हो ।
१२) आफ्नो बारेमा स्टान्डर्ड (Standerd )सेट गर्नु,जो पायो त्यहीसँग नहिड्नु,जे पायो त्यही नलिनु,।
