Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धार्मिक अल्पसंख्यकमाथि बढ्दो आक्रमण र राज्यको निष्क्रियताविरुद्ध सङ्घीय गणतान्त्रिक गठबन्धनको कडा चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 4, 2026
3 shares

काठमाडौँ — मुलुकमा बढ्दो धार्मिक अल्पसंख्यकमाथिको आक्रमण, बिग्रँदै गएको शान्ति–सुरक्षा अवस्था र राज्यको कमजोर भूमिकाविरुद्ध सङ्घीय गणतान्त्रिक गठबन्धनले गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै कडा चेतावनीसहित ज्ञापनपत्र पेश गरेको छ।

सङ्घीय गणतान्त्रिक गठबन्धन तथा यसमा आबद्ध नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टीको तर्फबाट आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्र पूर्व गृह राज्यमन्त्री तथा सङ्घीय गणतान्त्रिक गठबन्धनका संयोजक रिजवान अन्सारीज्यूको नेतृत्वमा पेश गरिएको थियो।

ज्ञापनपत्र बुझाउने क्रममा मधेस प्रदेशकी पूर्व गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीज्यू, नेपाल संघीय समाजवादी पार्टीका उपमहासचिव जनकबहादुर कार्की, पार्टीकी उपाध्यक्ष सीमा खान, उपमहासचिव जावेद अन्सारी तथा केन्द्रीय सदस्य निर्मला बरालसहित गठबन्धन आबद्ध दलका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ज्ञापनपत्रमा पछिल्लो समय केही उग्र, असामाजिक तथा आपराधिक तत्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसंख्यक समुदायमाथि आक्रमण गर्दै सामाजिक सद्भाव विखण्डन गर्न खोजिरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधि केवल आपराधिक नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र मुलुकलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको अंश भएको निष्कर्ष ज्ञापनपत्रमा निकालिएको छ।

विशेष गरी २० पुस २०८२ मा धनुषा जिल्लाको कमला नगरपालिका–६ मा मस्जिदमा जबरजस्ती प्रवेश गरी पवित्र कुरान पाक जलाइएको, इस्लामिक ग्रन्थहरू नष्ट गरिएको तथा मस्जिद र स्थानीय बासिन्दाको सम्पत्तिमा तोडफोड गरिएको घटनालाई अत्यन्तै गम्भीर र संविधानविरोधी कार्यका रूपमा चित्रण गरिएको छ। उक्त घटनाले संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र धार्मिक अल्पसंख्यक समुदायको सुरक्षामाथि प्रत्यक्ष आघात पुर्‍याएको गठबन्धनको ठहर छ।

ज्ञापनपत्रमा राज्यले यस्ता घटनाका मुख्य योजनाकार र दोषीहरूलाई अझैसम्म पक्राउ गरी कारबाहीको दायरामा ल्याउन नसक्नुले सरकारको इच्छाशक्ति र प्रशासनिक क्षमता माथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। यदि यही अवस्था कायम रहिरहे मुलुक दीर्घकालीन अशान्ति, अविश्वास र साम्प्रदायिक तनावतर्फ उन्मुख हुने चेतावनी दिइएको छ।

साथै, सरकारले फागुन २१ गतेका लागि आगामी निर्वाचन घोषणा गरिसकेको अवस्थामा विद्यमान असुरक्षा र अस्थिरताले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्ने विषयमा गम्भीर राजनीतिक प्रश्न उठेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। गठबन्धनले निर्वाचनअघि नै शान्ति–सुरक्षा कायम गर्न नसके लोकतान्त्रिक प्रक्रियामै संकट आउने चेतावनी दिएको छ।

ज्ञापनपत्रमार्फत गृह मन्त्रालयसमक्ष धनुषा घटनाको निष्पक्ष छानबिन, दोषीहरूमाथि कडा कानुनी कारबाही, धार्मिक अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न तथा आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन विशेष सुरक्षा रणनीति लागू गर्न माग गरिएको छ।

सङ्घीय गणतान्त्रिक गठबन्धनले मागहरू गम्भीरतापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गरे पनि, राज्यले बेवास्ता गरे शान्तिपूर्ण तर सशक्त चरणबद्ध राजनीतिक आन्दोलनमा उत्रिन बाध्य हुने स्पष्ट सन्देशसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved