Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कञ्चनपुरमा दुई महिनादेखि स्थगित जिल्ला प्रशासन कार्यालय आजदेखि सञ्चालन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 22, 2021
145

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् ।

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए ।बार अनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी मङ्गलबारदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

उनका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ । यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ ।

नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ । नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०ः३० बजेभित्र टोकन लिनुपर्ने छ । ‘राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ’, अधिकृत भट्टले भने, ‘राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ ।’ कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उनको भनाइ छ ।

निषेधाज्ञा अझै एक साता लम्ब्याइयो

जिल्ला कोभिड व्यवस्थापन केन्द्र कञ्चनपुरको बैठकले जारी निषेधाज्ञाको अवधि एक साताका लागि लम्ब्याएको छ । आजदेखि असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जारी निषेधाज्ञालाई थप खुकुलो पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार सरकारी कार्यालयसहित सार्वजजिक निकाय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थालाई आलोपालो, टोकन प्रणाली, बार प्रणाली, कोटा निर्धारणसहित स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सञ्चालन हुन दिने निर्णय गरिएको छ ।

स्वास्थ्य सेवा, दूध, डेरी पेट्रोलिम पदार्थलगायत अत्यावश्यक पसलबाहेकका अन्य पसल बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । यसअघि हप्तामा तीन दिनमात्रै पसल खोल्न दिने गरिएको थियो ।

सरकारी, निजी तथा मालवाहकलगायत अन्य सवारी साधन जनस्वास्थ्यको मापदण्डको पूर्णपाालना गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ । उद्योग कलकारखान र सार्वजनिक तथा निजी निर्माणकार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न दिइने भएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पुस्तकालय, सङ्ग्रहालय, सिनेमा हल, पार्टी प्लोस, स्विमिङपुल, सपिङमल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, दर्शकसहितको खेलकूदलगायत मानिस भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ ।

अनुमति प्राप्तबाहेकका सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह, व्रतबन्धजस्ता सांस्कृतिक कार्य भने गर्न पाइने जारी आदेशमा उल्लेख छ । शैक्षिक गतिविधि अनलाइन तथा भर्चुअल माध्यमबाट सञ्चालन गर्न सकिने छ । नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सक्नेछन् । अन्य खुला सीमाको जुनसुकै विन्दुबाट आवागमनलाई निषेध गरिएको छ ।

नेपाल प्रवेश गर्ने जिल्लाको नागरिकको हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेशनमा बस्नुपर्ने छ । जिल्ला बाहिरका नागरिकका हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था गरिएको छ । जारी आदेशको उल्लङ्घन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved