हिमांशु राय-मोरङ। मोरङको पथरी शनिश्चरे वडा नम्वर-१ स्थित रहेको नमुना चर्च द्वारा संचालित हेल्पिङ हेण्डसले विभिन्न सरकारी विध्यालयका विध्यार्थीहरुलाई लक्षित गरि जडोमा न्यानो कपडा, स्कुलका जुत्ता र ब्यागहरु वितरण गर्दै आईरहेको छ।
पथरी शनिश्चरे वडा नम्वर-१० मा पर्ने श्री हिरक माध्यामिक विध्यालय का ५० जना बिध्यार्थीहरुलाई भर्खरै जुत्ता विरतण गरेको यसै बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुमन कुरुङ्वाङले बताएका छन्।
पथरी शनिश्चरे वडा नम्वर-१, स्थित रहेको नमुना चर्चले बर्षै पिछे यसैगरि ख्रीष्टीयन समुदाय र गैर ख्रीष्टीयन समुदायहरुको बिचमा सामाजिक लोक कल्याणकारी कार्य हरु गर्दै आईरहेको छ।
संसारका मुक्तिदाता,उद्धारकर्ता ईश्वरपुत्र जिजस क्राईष्ट को जन्मदिन ख्रीष्टमस डे अर्थात २५ डिसेम्बरको सु अवसरमा पवित्र बाईबलले देखाएको प्रेम,शान्ति र सदभावलाई ब्यावहारिक रुपमा केही पुण्यको कार्य सम्झिएर ५० जना बिध्यार्थीहरूलाई चर्चले उपहार स्वरुप जुत्ता वितरण गरेको एक धर्म गुरुले बताए।
हेल्पिङ हेण्डसले यो भन्दा पहिले पनि पथरी शनिश्चरे वडा नम्वर-१ स्थितको श्री सुनाखरी मा.वि. र श्री जल्पा आधारभुत बिध्यालयलाई सर सामाग्रीहरु वितरण गरिसकेको छ।
पथरी शनिश्चरे वडा नम्वर-१० मा पर्ने श्री हिरक माध्यामिक विध्यालयमा भएको कार्यक्रम सोहि वडाका जनप्रतिनिधि वडा अध्यक्ष श्री जीवन खतिवडाको प्रमुख आथित्यमा सम्पन्न भएको र उक्त कार्यक्रममा बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुमन कुरुङ्वाङ,पाष्टर सुर्यमान राई लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि,समाजसेवी,धर्मगुरुहरु र स्थानिय सर्वसाधारणहरुको समेत उपस्थित रहेको थियो।
