Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“ख्रीष्टमसको अर्थ केहो ?”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 6, 2025
0 shares

 

पास्टर कमल थापा अबुधाबी -ख्रीष्टमस केवल मनोरञ्जन र उत्सव मनाउने समय मात्र होइन, येशू ख्रीष्टलाई मानिसहरूसम्म पुर्‍याउने उत्कृष्ट अवसर हो।

ख्रीष्टमसले हामीलाई यो कुरा सम्झाउँछकी — परमेश्वर आफैँ मानिस बनेर पृथ्वीमा आउनुभयो, अनन्त उद्धारको सन्देश दिनुभयो।

यदि येशू स्वर्गबाट पृथ्वीमा मानिसलाई भेट्न आउन सक्नुहुन्छ भने, हामीले किन येशूलाई मानिसहरू सम्म पुर्‍याउन सकिन्न?

त्यसैले ख्रीष्टमसमा केवल “येशू जन्मनुभयो” भनेर मात्र नभनी, “येशू आज पनि तपाईंलाई खोज्दै हुनुहुन्छ” भन्न जरुरी छ। ख्रीष्टमस मानव जातिका लागि आशाको सन्देश हो। ख्रीष्टमस धर्म होइन—प्रेम हो। ख्रीष्टमस परम्परा होइन—परिवर्तन हो। पवित्र धर्मशास्त्र बाइबलको यूहन्ना ३:१६ मा यस्तो लेखिएको छ

“परमेश्वरले संसारलाई प्रेम गर्नुभयो…”

यहाँ संसार भन्नाले -जात, धर्म, देश, पृष्ठभूमि वा स्थिति कुनै कुराले परमेश्वरको प्रेमलाई सीमित गर्न सक्दैन। परमेश्वरको प्रेम विश्वासी—अविश्वासी सबैका लागि खुला निमन्त्रणा हो।

जस्तै— कर उठाउने जक्कै समाजले अस्वीकार गरेको व्यक्ति थियो तर येशूले जक्कैलाई भन्नुभयो- “आज यस घरमा उद्धार आएको छ।

ख्रीष्टमसले ल्याउने आशाको सन्देश यही होकी- मानिसको जीवन जस्तोसुकै भएपनि ख्रीष्टमा विश्वास गर्नाले नयाँ जीवनको सुरुवात सम्भव छ। पीडा र तनावको बीचमा पनि शान्ति सम्भव छ। परमेश्वर नजिकै हुनुहुन्छ जो मानिस जाति सँग-संगै बस्न रुचाउने परमेश्वर हुनुहुन्छ तपाईं एक्लो हुनु पर्दैन। तपाईँले कमाएर माया पाउन असम्भव छ तर परमेश्वरले सित्तैमा तपाईंलाई प्रेम गर्नुहुन्छ।

ख्रीष्टमस सुसमाचार सुनाउने अवसर पनी हो। (Christmas is a season of opportunity to witness.) परिवार, साथी, छिमेकी, तथा अपरिचितहरू समक्ष येशूको जन्म, मृत्यु र पुनरुत्थानलाई अनन्त जीवनको आशाको सन्देशलाई सुनाउँ।

येशू सेवा लिन होइन तर सेवा दिन आउनुभयो। यो मौसममा गरीब, एक्लो, पीडित र टुटेका मनहरूलाई परमेश्वरको प्रेम, सहानुभूति र सहयोग पुर्‍याऔँ। आश्रम, अस्पताल, झ्यालखानाहरूमा जाउँ अशक्तहरूलाई भेटौँ। सामान मात्रै होइन—समय, प्रार्थना र प्रेमलाई बाँडौँ। ख्रीष्टमस् बाहिरी उत्सव होइन—भित्री हृदयको परिवर्तन हो। ख्रीष्टमस बाहिर सजावट मात्र होइन, मन परिवर्तन हो। प्रेम, दया, क्षमा, मेलमिलाप, विश्वासमा वृद्धि— यही हो ख्रीष्टमसको चरित्र। लेखको निष्कर्ष यही होकी- ख्रीष्टमस छुट्टी होईन, परमेश्वर हाम्रो लागि पृथ्वीमा आउनुभयो भन्ने स्मरण हो।

हामीलाई जीवनभर त्यही परमेश्वरको प्रेम बाँड्नलाई बोलाईएको छ। विश्वलाई येशूको अनन्त जीवनको सन्देश सुनाउनलाई।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved