Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यूएईमा २१औं एन.ओ.सी.एफ. प्रवासी नेपाली ख्रीष्टियन आराधना सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 2, 2025
3 shares

कृष्ण कुँवर (कर्नेलियस) अबुधाबी — संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली नवजागृति मण्डलीमा २१औं प्रवासी नेपाली ख्रीष्टियन आराधना (NOCF – Nepali Overseas Christian Fellowship) भव्यताका साथ सम्पन्न भएको छ।

मंसिर १६ गते, मंगलबार (डिसेम्बर २) का दिन बिहान ९ बजेदेखि बेलुका ४:३० बजेसम्म मुसाफा वर्कर भिलेज–५ नजिक अवस्थित नवजागृति मण्डलीमा आयोजित सो कार्यक्रममा नवजागृति मण्डली, असल गोठालो मण्डली सारजाह, लगाएत युएईका विभिन्न मण्डलीका अगुवा तथा विश्वासीहरूको सहभागिता रह्यो।

यस वर्षको उत्सव युएईको राष्ट्रिय दिवसको सार्वजनिक बिदाको दिन आयोजना गरिएको थियो।

कार्यक्रमका लागि तय गरिएको सभाहल पाहुनासहित ४५० भन्दा बढी विश्वासीहरूले भरिएर उत्सव निकै उल्लासमय बनेको थियो। उक्त उत्सवमा पास्टर कमल थापा, कविता थापा, एल्डर करण पुन, डिकन सुवास थापा र प्रचारक कृष्ण कुँवर गरी पाँच जनाको दीक्षान्त सम्पन्न भयो।

एन.ओ.सी.एफ.का अध्यक्ष तथा युएई सरकारले मान्यता प्रदान गरेका पास्टर गोपाल पुलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मुख्य वक्ता लोगोस बाइबल कलेजका संचालक रेभ.डा. हेमसागर रसाईली थिए।

“मानिस जातिलाई उद्धार किन आवश्यक छ? र उद्धार कसरी प्राप्त हुन्छ?” भन्ने विषयमा बाइबल धर्मशास्त्र यहून्ना १४:६ — “बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताकहाँ पुग्न सक्दैन” — लाई आधार बनाई प्रकाश पारेका थिए।

परमेश्वरले मानव जातिलाई असीम प्रेम गर्नुहुन्छ। मानिसले गरेको धार्मिक कर्म मात्रैले पापबाट छुटकारा पाउन नसकिने हुँदा, परमेश्वरले आफ्ना पुत्र प्रभु येशू ख्रीष्टलाई पापको दण्डस्वरूप बलिदानको रूपमा यस संसारमा पठाउनुभयो।

येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानमा विश्वास गर्नेहरूका पाप क्षमा भई अनन्त जीवन प्राप्त हुने सत्यलाई वचनद्वारा स्पष्टसँग प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved