Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाचारकाे प्रभाव : शैक्षिक प्रमाणपत्र किर्ते गरी सदस्यता लिएका मकवानपुरका २ पत्रकारको सदस्यता चैट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 28, 2025
9 shares

मकवानपुर । शैक्षिक प्रमाणपत्र किर्ते गरी नक्कली डकुमेन्ट पेस गरेर पत्रकार महासंघको सदस्यता लिएका मकवानपुरका २ जनाको सदस्यता खारेज गर्ने निर्णय भएको छ ।

अरुलाई प्रश्न गर्दै जवाफदेहिता माग्ने पत्रकारले नै न्यूनतम योग्यता समेत पूरा नगरी सदस्यता लिएको प्रमाण प्राप्त भएपछि सूचना चाैतारी डट कम अनलाइनले समाचार ब्रेक गरेको थियो ।

मकवानपुरे पत्रकारद्वारा शैक्षिक प्रमाणपत्र कीर्ते, महासंघ मौन

 

महासंघको शुक्रबार बसेको कार्यसमिति बैठकले महासंघका कार्यसमिति सदस्य रहेका रातोपाटी डटकमका बागमती प्रदेशका व्युरो प्रमुख श्यामलाल दुलाल (गणेश) र अर्का कार्यसमिति सदस्य रहेकी न्यूज २४ टेलिभिजन र नेपाल खबर डकमकी प्रदेश संवाददाता कृष्णा बिष्ट (सुनिता)को सदस्यता खारेज गर्ने निर्णय गरेको हो । बिष्टले अर्काको दशजोड २ तहको शैक्षिक प्रमाणपत्र इडिट गरी महासंघको सदस्यता लिएकी थिइन् भने दुलालले दशजोड २ पास गर्नु एक वर्ष अगावै सदस्यता लिएका थिए ।

यद्यपि दुलालले समेत किर्ते गरी सदस्यता लिएको भएपनि यो विषय बाहिरिएपछी महासंघकै पदाधिकारीसंगको मिलेमतोमा डकुमेन्ट गायब पारेका थिए । महासंघको कार्यसमिति सदस्य समेत रहेका दुवैजना निर्वाचनमा प्रेस युनियन–प्रेस चौतारी गठबन्धनबाट विजयी भएका थिए । हामीलाई प्राप्त डकुमेन्टको आधारमा न्यूज ब्रेक गरेपछि सम्बन्धित व्यक्तिसहित केहीले के को आधारमा समाचार लेखेको भन्दै धम्काउने प्रयास समेत गरेका थिए । हामीले सप्रमाण रहेको भन्दै सरोकारवाला निकायमा जान अनुरोध गरेका थियौं ।

नक्कली डकुमेन्ट पेश गरेर सदस्यत लिएकाहरुले शुक्रबारको कार्यसमिति बैठकमा महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीसहित केही पदाधिकारीलाई उल्टै ठूलो श्वर गरेका थिए । ‘जो चोर उसको ठूलो श्वर भनेझैं किर्ते गर्ने बिष्टजीले लाजै पचाएर महासंघको बैठकमा उपस्थित भएर अध्यक्षज्यूसंग उल्टै ठूलो कुरा गर्ने र धम्काउन खोज्नुभो’, एक पदाधिकारीले भने,’अर्कालाई प्रश्न गर्ने हामी पत्रकारमाथि प्रश्न उठ्दा पनि साथीहरु शानले हिन्नुभएको देख्दा उदेक लाग्यो ।’ कृष्णा बिष्ट सुनिताले नक्कली डकुमेन्ट पेश गरेर सदस्यता लिएको र श्यामलाल दुलाल गणेशले सदस्यता लिएपछिको वर्षको डकुमेन्ट पेश गरेको पाइएकोले दुवैलाई साधारण सदस्य समेत नरहने गरी हटाइएको ती पदाधिकारीले बताए ।

यो सँगै उनीहरु महासंघको कार्यसमिति सदस्यबाट समेत हटेका छन् । गठबन्धनबाट विजयी भएपनि तत्कालिन समयमा प्रेस युनियनबाट विद्रोह गरेर अध्यक्षका उम्मेदवार बनेका पोष्टराज कुमार अधिकारीलाई मतदान गरेको र गठबन्धनका केही उम्मेदवारलाई हराउन सफल भएपछि आफूलाई ‘शक्तिशाली’ ठान्दै आएका दुलाल र विष्ट यस विषय मिलाउन नसकेपछि हायलकायल बन्दै आएका थिए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुयोग अनुसन्धान आयोगसम्म निवेदन परेको जानकारीमा आएको छ । महासंघको सदस्यबाट हटेपनि अब उनीहरुलाई सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धानसहित कारबाही हुनुपर्ने महासंघकै पदाधिकारीहरुकोआग रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved