Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गोरखा ताकुकोट न्वागी मेला भव्यरूपमा सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 18, 2025
0 shares

गोरखा । बारपाक सुलिकोटको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको ताकुकोट न्वागी मेला यस वर्ष पनि कार्तिक ३० गते र मंसिर १ गते दुई दिनसम्म अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। माईभगवती मन्दिर पुजा समिति, वडा नं. ६ वडा कार्यालय, वडा नं. ५ वडा कार्यालय तथा गोरखा–ताकुकोट सेवासमाज काठमाडौँको संयुक्त आयोजनामा मेला सम्पन्न गरिएको हो।

कार्तिक ३० गते बेलुका माईभगवती मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जाग्राम बसेर देवीको पूजा–अर्चना, रातभर मादी बाल्ने र तेल ढोल्ने, धार्मिक विधि–विधानसहितको ब्रत जस्ता महत्वपूर्ण कार्यक्रम अत्यन्तै भक्तिभावका साथ सम्पन्न भएका थिए।

उद्घाटन समारोह भव्य उपस्थितिसहित ३० गते बेलुका ८ बजेदेखि सुरू भएको सांस्कृतिक तथा औपचारिक कार्यक्रम
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

विशेष आतिथ्यतामा बागमती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ,वडा नं. ६ का अध्यक्ष बाबुलाल गुरुङ, वडा नं. ५ का अध्यक्ष शिव खड्का, नेकपा माओवादी केन्द्र बारपाक–सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ,कार्यपालिका सदस्य जितबहादुर नेपाली,वडा सदस्यहरू तथा गोरखा–ताकुकोट सेवासमाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

रातभर सांस्कृतिक प्रस्तुति, हजारौँको भीड रातभर चलेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रभावशाली प्रस्तुति रहेका थिए।

कार्यक्रकमकाे प्रमुख कलाकारहरू सागर गुरुङ,अस्मिता डल्लाकोटी,सन्जय गुरुङ,प्रकाश भट्ट (राष्ट्रिय लोकनृत्य तथा मोडल म्यूजिक भिडियो निर्देशक),हास्य कलाकार रामचन्द्र परिवार, गायक पवन गुरुङ,सुमित्रा गुरुङ,पवित्रा आले लगायतका प्रस्तुतिहरूले रातभर माहोल लाई झनै उत्साहपूर्ण बनाएका थिए।
स्थानीय नयाँ प्रतिभाहरूले प्रस्तुत गरेको नृत्य, झाँकी, हास्य–व्यङ्ग्य तथा लोकगीतले मेलामा आएका हजारौँ दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

यो वर्षको न्वागी मेला पनि अत्यन्तै भव्य, अनुशासित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा आयोजक समितिलाई अभिनन्दन तथा सहभागी सम्पूर्ण भक्तजनलाई धन्यवाद।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved