Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“९९ क्लब “-भनेको के हो…? खुशीको क्लब ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 6, 2025
0 shares

श्रीराम रानाभाट। – नभनौं भन्यो मनका कुरा भन्न मन लाउँछ

भन्छन् कोही सुर न तालको गीत कति गाउँछ ।
ऐना जस्तै त हुन्छ नि हजुर जिन्दगी पनि
हामी मुस्कुराए मुस्कुराउँछ रिसाए रिसाउँछ ।

जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुँदैन,जहाँ नियम हुन्छ त्यहाँ प्रेम हुँदैन ।। सम्भवत सुन्नुभएको छ । जान्नुपर्ने कुरा नजान्नु नराम्रो कुरा हो तर जान्ने इच्छा नै नहुनु त्यो भन्दा नराम्रो कुरा हो । एउटै वस्तुले एउटाको मनमा सुख, एउटाको मनमा दुःख र अर्को व्यक्तिको मनमा उदासीनताको भावना पैदा गर्छ, यो सबै व्यक्तिमा भएको गुणको कारण हो ।

एकपटक एकजना राजा मन्त्री सहित घुम्न निस्किएका थिए । बाटोमा देखे, एउटा किसानको परिवार, श्रीमान श्रीमती र छोरा असाध्यै खुशी,अनुहारमा चमक छ प्रफुल्ल छन् । रमाईलो गरिरहेका छन् । थाहा छ नि खुशी व्यक्ति र परिवारको माहोल कस्तो हुन्छ…? तब राजाले मन्त्रीलाई भने हामी दरबारमा बसेका मान्छे रहरले पैदल चल्छौ । रहरले पुराना कपडा लगाउँला ,केही काम गरौंला। समस्या,अभाव केही कुराको छैन र पनि यिनीहरु हामीभन्दा खुसी कसरी रहन सक्छन् ? हाम्रो दरबारको माहोलको रङ फिक्का छ, यिनीहरूको जीवन यति रङ्गीन कसरी सम्भव छ ? मन्त्रीले भने ,महाराज! यिनीहरु ९९ क्लबमा छैनन् । ९९ क्लब…? कस्तो क्लब हो यो ? मन्त्रीले फेरि जवाफ दिए, के तपाईँ मलाई ९९ गोल्ड कोइन(gold coins )दिन सक्नुहुन्छ…? राजाले भने,सक्छु । दिनुस् महाराज…। साँझ दरबार पुगेर ९९ गोल्ड कोइनले भरिएको झोला मन्त्रीलाई दिएर सोधे,अब के…..? “महाराज यो ९९ क्लबको बारेमा यदि मेरो विश्वास गर्नुहुन्छ भने ६ महिनापछि भन्छु तर आज होइन ” मन्त्रीले भने ।

मन्त्रीले त्यो ९९ सुनका सिकाले भरिएको ब्याग लगेर त्यो किसानको घर अगाडि बारीमा लगेर राख्न लगाए । बिहान किसान बारीमा गयो त देख्यो एउटा ब्याग । दायाँबायाँ हेर्यो,कोही पनि छैन । खोलेर हेर्यो त सुनका सिक्काहरु छन् । जुरुक्क झोला उठायो र घरभित्र गयो खनायो नाङ्लोमा,गन्न थाल्यो १०० पुगेन ९९ भयो । फेरि आँखा मिच्यो हात, टकटक्यायो गन्छ त ९९ नै पुग्छ । लामो साँस फेर्यो फेरि गन्यो,१०० पुगेन । श्रीमतीलाई बोलायो र गन्न लगायो ९९ नै हुन्छ । ओहो तिमीसँग पनि समस्या छ । छोरालाई बोलायो र गन्न लगायो ९९ नै हुन्छ १०० पुग्दैन । रिस उठ्यो उसलाई । कस्तो बेकुफ होला , को होला १०० वटा सिक्का त राख्नुपर्छ नि राउन्ड फिगर ( Round figure)…। अब यसलाई १०० त बनाउनुपर्यो । कतै बारीमा पो झरेको छ कि, पाँच सात दिन लगाएर खोज्यो । कहिले कोही व्यक्तिले ल्याउँदा ल्याउँदै खस्यो कतै बाटोमा कि,कहिले यता जान्छ कहिले उता तर भेट्दैन । श्रीमती भन्छिन्, कति मूर्ख पति ! ९९ वटा गोल्ड कोइन त्यसै पाइएको छ १०० बनाउनलाई,एउटाका लागि दौडिरहेका छन् ।

एकदिन श्रीमतीले दुईवटा सिक्का लिएर किनमेल गर्न गइन् । हरेक दिन पछि साँझ घर आउँथ्यो र सिक्का गनेर सुत्ने गर्थ्यो । आज गन्दा दुईटा सिक्का कम्ती छ । हिजोसम्म एउटा कम्ती थियो आज अरु दुईटा । बोलायो श्रीमतीलाई,कहाँ गयो यहाँको सिक्का ? दुइटा सिक्का कम्ती छ मात्र ९७ वटा…. श्रीमतीले भनिन् म तपाईँजस्तो लोभी होइन । दुईटा सिक्का बजार गएर सामान साटेर ल्याएकी छु । बस ! अब सुरु भयो झगडा । समस्याको कुनै आकार हुँदैन समस्यालाई आकार दिने हामीले गर्छौं । ठुलो या सानो । ६ महिना बित्यो राजा र मन्त्री उनीहरूको दिनचर्यालाई नियाल्न आए । देखे, त्यहाँ प्रेम थिएन,जीवन थिएन, खुसी थिएन, त्यो चमक धमक उल्लास थिएन, बरु क्रोध थियो, झगडा थियो, बेखुसी थियो,असन्तुष्टि थियो । राजाले सोधे मन्त्रीलाई “यो कसरी भयो…? ६ महिनामा यत्रो परिवर्तन..? खोई त्यो लोभलाग्दो जिन्दगी ? मन्त्रीले भने, “महाराज, उनीहरु औपचारिक रुपमा ९९ क्लबका सदस्य भइसके। राजाले सोधे, मैले तिम्रो कुरा बुझिन, के हो त्यो ९९ क्लब भनेको ? ती गोल्ड कोइनको के गर्यौ तिमीले ? मन्त्रीले जवाफ दिए, सरकार ! ९९ क्लब त्यो क्लब हो जहाँ व्यक्तिसँग ९९ वटा गोल्ड कोइन छन् तर एउटा गोल्ड कोइनको पछाडि भाग्दा भाग्दै १०० पुर्‍याउनका लागि १०० को पछि लाग्दालाग्दै ९९ गोल्ड कोइनलाई प्रयोग गर्न जान्दैनन् । र सधैँ तनावमा, रिसमा, क्रोधमा, लालचमा दौडिँदा दौडिँदै मान्छेले आफ्नो जिन्दगी बाँच्नै बिर्सन्छ ।

यो कहानीको मोराल यही हो : हामी आफूसँग के छ त्यसमा ध्यान पुर्‍याउँदैनौँ । त्यसलाई प्रयोग गर्दैनौं, उपयोग गर्दैनौं तर जे छैन त्यसको पछाडि दौडिरहन्छौँ । खुसी महलमा मात्र होइन झुपडीमा पनि मिल्छ तर एक दोसराको कदर गर्न जान्नुपर्छ । लोभ दुःखको चाहरा हो । जब हामी हाम्रो कमजोरीमा,अभावमा बढी केन्द्रित हुने गर्छौं, पलपल याद गरिरहन्छौं तब हामी बढी कमजोर बन्छौं । Happiness is a journey not a destination stay happy is the healthy.

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved