Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बारपाक सुलिकोट गाउँपालिकाद्वारा बेमौसमी वर्षाबाट धानमा भएको क्षति सम्बन्धी स्थलगत अनुगमन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 3, 2025
0 shares

गोरखा । हालै परेको बेमौसमी वर्षाले बारपाक सुलिकोट गाउँपालिकाका कृषकहरूले काटेर राखेका धानमा व्यापक क्षति पुर्‍याएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको छ।

गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट स्वयं कृषकका खेतमा पुगेर क्षतिप्रभावको अवलोकन गर्नुभएको हो। उहाँले कृषि प्राविधिक, जनप्रतिनिधि तथा कृषकहरूको प्रत्यक्ष सहभागितामा धान क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ।

गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली (जित बहादुर) का अनुसार पालिकाका आठ वडामध्ये वडा नं. १ र २ (बारपाक गाउँ) मा धानखेती हुँदैन भने बाँकी ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा धानखेती प्रमुख अन्नबालीका रूपमा गरिएको छ।

कात्तिक ११ गतेदेखि १६ गतेसम्म लगातार परेको वर्षाका कारण काटेर राखिएका धानमा ठुलो क्षति पुगेको प्रवक्ता नेपालीले बताउनुभयो।

“कृषकहरूले उन्नत जातका छिट्टै पाक्ने धान रोपेका थिए, जुन तीन महिनामै पाक्ने गर्छ। तर मुखैमा आएको अन्न नष्ट हुँदा कृषकहरूलाई ठूलो आर्थिक धक्का परेको छ,” उहाँले भन्नुभयो।

नेपाल कृषि प्रधान देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको प्रत्यक्ष मारमा किसानहरू परेको प्रवक्ता नेपालीको भनाइ छ। उहाँले थप्नुभयो, “हाम्रो देशमा श्रमजिवी कृषकहरूले माटोमा पसिना बगाएर देश चलाइरहेका छन्, तर राज्यको प्राथमिकतामा उनीहरूको समस्या अझै पनि उपेक्षित छ।”

प्रवक्ता नेपालीले संघीय र प्रदेश सरकारसमक्ष स्थानीय तहका पहललाई समर्थन र राहतको व्यवस्था गर्न माग गर्नुभयो। उहाँका अनुसार, “गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गरेर माथिल्लो निकायमा पठाउनेछ। प्रदेश र संघीय सरकारले स्थानीय तहका रेकर्डका आधारमा क्षतिपूर्ति र राहत प्याकेज तत्काल घोषणा गर्न आवश्यक छ।”

गाउँपालिकाले विपद्को समयमा किसानको पक्षमा कदम चालेको भन्दै प्रवक्ता नेपालीले अन्य स्थानीय तहहरूलाई पनि यसैगरी पहलकदमी र दबाब सिर्जना गर्न आग्रह गर्नुभयो।

मुख्य बुँदा:

बेमौसमी वर्षाले धानमा ठुलो क्षति। बारपाक सुलिकोट गाउँपालिकाको प्रत्यक्ष अनुगमन। अध्यक्ष विष्णु प्रसाद भट्ट र प्रवक्ता शुभ प्रभात नेपालीको सक्रियता।

स्थानीय सरकारको स्रोत अभावका कारण राहतमा कठिनाइ।संघीय र प्रदेश सरकारलाई सहयोग र राहत प्याकेजका लागि आग्रह गरिएको कार्यपालिका सदस्य तथा प्रवक्ता जित बहादुर नेपाली शुभप्रभातले जानकारी गराउनुभएको छ ।

गाउँ पालिका अध्यक्ष बिष्णु भट्ट कृषी कर्मचारी हरू सहित प्रवक्ता जितबहादुर नेपाली शुभप्रभात प्रतेक किसानको खेतमा पुगेर वर्षा बाट क्षती भएको काटीएको धान हरूको बिवरण संकलन गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved