काठमाडौं । लामो समयदेखि विभिन्न अभियान चलाउँदै आएका अधिकारी अब आउने चुनावमा उम्मेदवारी दिने तयारीमा छन्। मिडिया संचालन गरे देखिनै प्रहरी संगठनलाई बलियो र विश्वासिलो बनाउनुपर्छ, अनि मात्र सुरक्षित समाजको कल्पना गर्न सकिन्छ। आफ्ना बच्चा प्राईभेट स्कूलमा पढाउने र फोहोरी राजनीतिमा लाग्ने पापीहरूलाई समाजले बहिस्कार गर्नुपर्छ। मिडिया चलाउने र पत्रकारिता गर्ने मानिस कुनै दलको होइन; स्वतन्त्र भए मात्र सत्य समाचार स्रोता सम्म पुग्छ।
“समय अनुसार भोट र सोच बदल्न सके मात्र देश बदलिन्छ,” जस्ता अभियान चलाउँदै आएका अधिकारी अब आफैँ चुनावमा उम्मेदवार बन्ने तयारीमा छन्। अब आउने चुनावमा शिव प्रसाद अधिकारी पनि स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिने तयारीमा रहेका छन्।
समाजमा रहेका विकृतिहरूको विषयमा कडा बोल्न सक्ने अधिकारी लामो समयदेखि पुराना पार्टीहरूले गर्दै आएको फोहोरी राजनीतिबाट आजित भएका छन्। उनका अनुसार, मकवानपुर जस्तो सम्भावना बोकेको ठाउँ आफैँ बनाउनुपर्छ र विभिन्न नीति नियम आफ्नो भौगोलिक वातावरण अनुसार बनाउनुपर्छ।
स्वतन्त्र अधिकारीलाई मकवानपुरका जनता विश्वास गरेर जिताउने वा नजिताउने कुरा मकवानपुरको जनताको हातमा छ। तर केही स्थानीयहरू भन्छन्, “मकवानपुर बनाउनु छ भने अब स्वार्थभन्दा माथि उठेर वर्षौंदेखिका दलगत भागबन्डाको राजनीति भन्दा माथि उठेर स्वतन्त्र उम्मेदवारलाई जिताउन सके मकवानपुरको भविष्य उज्जवल हुनेमा विश्वस्त छन।”
अधिकार आफ्नोपक्षमा जनमत बटुल्न विभिन्न बुद्धिजीवी अभियान्ताहरूसँग निरन्तर संवाद गरिरहेका छन्। उनका अनुसार, युवाले मात्र देश बदल्ने आँट गर्न सक्छ, स्वतन्त्रले मात्र काम गर्न सक्छ, किनभने उसले कोही कार्यकर्तालाई पाल्नु पर्दैन, भागबन्डा लगाउनु पर्दैन।
अब पनि युवाहरू पार्टीको झन्डा बोकेर लाग्ने र नेताहरूलाई गाली गर्ने परिपाटी बन्द गर्नु पर्छ। अब राष्ट्रिय झन्डा बोकेर अगाडि बढौँ। पुराना नेताहरू जसबाट केवल आश्वासन मात्र पाएँ, परिवर्तन पाएनौं, उनीहरूलाई बहिस्कार गरौं।
अब हामी युवाहरूले नै बनाउनु पर्छ। म आजैदेखि यो अभियानमा लाग्दैछु। सबै देशभक्ति भाव भएका र मकवानपुर भित्र बसोबास गर्ने, देश–विदेशमा रहेका दाजुभाइ, दिदी–बहिनीहरूलाई म अपिल गर्दछु—अब तपाईंहरूको साथको आवश्यकता छ।
अधिकारी भन्साछन्थ : दिनुस्, सबै मिलेर बनाऔँ हाम्रो ठाउँ, अनि बनाउनेछौं देश,
