Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शाहीकाे अभिव्यक्ति प्रति अन्सारीको आपत्ति , कार्वाहीकाे माग सहित सभामुखलाइ निवेदन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2025
0 shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक ज्ञानबहादुर शाहीका विवादास्पद अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कारबाहीको माग गरेका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएर नेता डा.अन्सारीले राप्रपा सांसद शाहीका अभिव्यक्तिले साम्प्रदायिकता र मुस्लिम समुदायलाई होच्याएको बताएका छन् । उनले सांसद शाहीलाई आफ्ना विवादास्पद अभिव्यक्ति फिर्ता लिएर माफी माग्न सचेत गराएका छन् ।

डा.अन्सारीले भने, ‘राप्रपा पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानबहादुर शाहीले २०८२ साल वैशाख १० गते दिएको अभिव्यक्तिप्रति मुस्लिम समुदाय लगायत संविधान पक्षधर सबै नागरिकको ध्यानाकर्षण भएको छ ।’

‘ज्ञनबहादुर शाहीले दिनुभएको अभिव्यक्तिमा केही कुराहरू कपोलकल्पित, अनर्गल, विभेदपूर्ण, अप्रासङ्गिक छन्। साम्प्रदायिक भाव बोकेका यस्ता कुराहरूले तिक्तता बढाउँछ, शान्ति र सुव्यवस्थालाई खल्बल्याउँछ’, उनले भने ।

मुस्लिम आयोगको प्रतिवेदन वा महालेखा परीक्षकको प्रतिवेदन नपढी राप्रपा प्रवक्ता र प्रतिनिधि सभा सदस्यजस्तो सम्मानित व्यक्तिले हचुवाको भरमा मीठो शैलीमा झूट बोलेर मुस्लिम आयोग र मुस्लिम समुदायबारे भ्रामक भाष्य निर्माण गर्न खोज्नु जायज नरहेको डा.अन्सारीले बताएका छन् ।

‘नारायणहिटी राजदरवारअगाडि दुई विशाल मस्जिद परम्परादेखि स्थापित धार्मिक संहिष्णुताको प्रतिक हो र यो समग्र नेपाली सभ्यता विकासको ज्वलन्त नमूना पनि हो’, उनले भने ।

‘ज्ञानबहादुर शाहीले ९७ प्रतिशत हिन्दू मात्रको देश नेपाल र मुस्लिम समुदायलाई बस्न दिएका छौं भनी दोहोरो अर्थ लाग्ने अभिव्यक्ति दिएर कसलाई उक्साउन खोज्नुभएको हो र नेपाली मुस्लिमको जनसंख्या ५.०९ प्रतिशत हो’, उनले भने ।

‘तपाईले अध्यक्षता गरिरहेका सदनका सदस्यले ज्ञानबहादुर शाहीले दिएको अभिव्यक्ति अखण्ड नेपालको एतिहासिक धरातललाई धुमिल पार्ने र संविधानले अपनाएको समानता स्वतन्त्रता स्वाधीनता धर्म निरपेक्षता जस्ता मुलभूत मापदण्ड विपरित अभिव्यक्ति भएकोले उहाँलाई सचेत गराई संविधान प्रदत्त कार्यावाही अगाडि बढाउन माग गर्दछौं’, सभामुख घिमिरेलाई कांग्रेस नेता डा.अन्सारीद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved