श्रीराम रानाभाट। आँसुमा भिजेको मुस्कान, हामी के गरौं
छलले भरिएको सम्मान, हामी के गरौं
काम जो सन्तानको, बाउआमा आउन सकेनन्
पुज्ने मन्दिरमा भगवानको, हामी के गरौं ।।
एकपटक छोरा पढाइ लेखाइ गर्न सहरमा गयो सहरमा राम्रोसँग पढ्यो । ठूलो सोरुम खोल्यो । उद्घाटन थियो, घरबाट बुवालाई बोलायो उद्घाटन गर्नका लागि । तपाईँ आउनुहोस् बुबा। त्यो देखेर बुबाको छाती गर्वले फुल्यो । कार्यक्रम सकिएपछि बुबाले छोरालाई सोधे !! “बाबु दुनियामा सबैभन्दा तागतदार (शक्तिशाली)को छ ?” छोराले जवाफ दियो बुबा सबभन्दा बढी शक्तिशाली म छु। हेर्नुस् यत्रो कम्पनी बनाउन सकें। बुबाको शिर झुक्यो बुवालाई मैले त त्यति राम्रो संस्कार दिएँ। तर आज भन्छ सबभन्दा शक्तिशाली म छु । कस्तो मपाइँ हो । बुबाले फेरि भने, “कसरी यस्तो भन्न सकिस्, त भित्र यति ठूलो अहंकार कसरी आयो ?”
छोराले भन्यो बुबा सबभन्दा शक्तिशाली म छु। किन, कसरी यो अहंकार देखाउछस् भन्नुभएको हो ? यसकारण देखाउँदै छु कि, ममाथि तपाईंको आशीर्वाद छ । जो माथि तपाईँ जस्तो बुवाको आशीर्वाद हुन्छ त्यो भन्दा ठूलो शक्तिशाली कोही हुँदैन । बुबाआमा त कुनै घैँटाको बिर्को जस्तै हुन् । घैँटो जति नै गहिरो किन नहोस् जति नै पानी हटाओस् । जसरी घैटोमाथि ढकन हुन्छ ,कुनै फोहोर नजाओस् भनेर, खराब चिज नजाओस् छोराछोरी जति नै ठूला हउन , बुबाआमा त्यो घैटोमा राखिएको ढकन समान हुन् । सन्तान जति नै ठूला हउन, आफ्ना बच्चामा खराबी जान दिँदैनन् । शिरमा ढकन राखेर मान्छे भारी बोक्ने गर्छन् । जबसम्म शिरमा ढकन हुन्छ तबसम्म घैँटाको पानी खराब हुँदैन ।।
