श्रीराम रानाभाट। २५ असोज, गते शनिबारका दिन कास्की आदर्श समाज युएईको आयोजना तथा त्रिशक्ति युनाइटेड क्लब, लाहाचोक, कास्की को समन्वयमा “छैटौं रक्तदान तथा पाँचौं शैक्षिक सम्मान कार्यक्रम” सम्पन्न भएको छ ।
माछापुच्छ्रे गाँउपालिका वडा न. ४, लाहचोक स्थित बास्तोला कम्प्लेक्समा समाजका उपाध्यक्ष श्रीराम रानाभाट को सभपतित्व एवं माछापुच्छ्रे गाँउपालिका अध्यक्ष मीन बहादुर गुरुङ को प्रमुख आतिथ्यतामा तथा समाजका महासचिब बुद्धि बहादुर रानाभाट को संचालनमा सम्पन्न यस कार्यक्रममा “४८” युनिट रगत संकलन गर्न सफल भएको थियो।
उक्त कार्यक्रममा कास्की आदर्श समाज यूएईका नेपालमा रहनु भएका एवं घर बिदामा नेपाल जानू भएका अधिकांस पदाधिकारी तथा सदस्य ज्युहरु, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अधिकांस पदाधिकारी ज्युहरु, त्रिशक्ती युनाईटेड क्लब साथै लाहचोकका स्थानीय महिला दिदिबहिनि तथा दाजुभाई हरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाली राष्ट्रिय गान एवं कास्की गान संगै शुरु भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक मिन नेपालीले स्वागत मन्तब्य राखेका थिए भने कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का निवर्तमान बरिष्ठ उपाध्यक्ष हंसराज ढकाल , प्रभात त्रिपाठी, कार्यक्रमका उपसंयोजक चोक प्रसाद दाहाल, पुर्ब महासचिब बिकाश अधिकारी रेडक्रस शाखा कास्कीका प्रमुख महेन्द्र के.सी, लगायतले शुभकामना मन्तव्य राखेका थिए।
सोही कार्यक्रममा समाजका आजिवन सदस्यहरुका शैक्षिक सत्र २०८१/०८२ मा एस.ई.ई. उतिर्ण नानीबाबू हरुलाई उज्वल शैक्षिक भविस्यको कामना सहित प्रशंसा पत्र र मायाको चिनोले सम्मान गरियको थियो ।
कास्की आदर्श समाज युएईको आयोजनामा यो छैठौँ पटक गरिएको रक्तदान कार्यक्रम हो , यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता समाजले गरेको छ ।
