काठमाडौँ। नेपालकैजेठाे त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा हिजाे बगैंचा (फुलबारी) निर्माणका लागि स्वतन्त्र स्वयंसेवक अभियान अन्तर्गत फोटोमा देखिएका स्वयंसेवकहरुले सामूहिक जनश्रमदान गरेका छन्।
स्वयंसेवकहरूले विश्वविद्यालय परिसरको वातावरण संरक्षण र सौन्दर्य वृद्धिका लागि बगैंचाको निर्माण कार्यमा सक्रिय सहभागिता जनाएका हुन्। कार्यक्रमको उद्देश्य विश्वविद्यालय क्षेत्रमा हरियाली प्रवर्द्धन गर्नुका साथै युवाहरूमा सामुदायिक सेवा र स्वयंसेवाको भावना जगाउनु रहेको आयोजकहरूले जनाएका छन्।
स्वतन्त्र स्वयंसेवक अभियानले यसअघि पनि किर्तिपुरको पुलिस चौकी रङरोगन, पनौती काभ्रेको पुलिस बिट बनाई दिएका थिए र विभिन्न सार्वजनिक स्थलहरूमा सरसफाइ, वृक्षारोपण तथा जनचेतनामूलक गतिविधिहरू गर्दै आएको छ।
स्वतन्त्र स्वयंसेवक अभियायनबारे के भन्नुहुन्छ :
