श्रीराम रानाभाट। २१ सेप्टेम्बर , दुबई । कास्की आदर्श समाज यूएईद्वारा दुवईको मयूर रोधी क्लबको प्राङ्गणमा ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थापक संरक्षक कृष्ण बहादुर ढकालको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष शिबराज बस्ताकोटी को सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा समाजले वर्षभरि गरेका सामाजिक तथा आर्थिक गतिविधिहरुको प्रतिवेदनहरु पेश गरिएको थियो ।
रोजगारिको सिलसिलामा युएईमा कार्यरत कस्केली तथा गैरकस्केली नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उद्धार तथा मातृभूमीमा भैपरि आउने विपत्तीहरुलाई सम्बोधन गर्ने उद्देश्यले सन् बि. सं.२०७० मा यस संस्थाको स्थापना गरिएको थियो ।
विगत एक वर्षदेखि कास्की समाजले युएईमा विभिन्न झमेलामा परेर अलपत्र परेका,कम्पनी तथा दलालको कारण समस्यामा परेका करिब २६ जना नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई मानवीय उद्धार गरी सकुशल स्वदेश फिर्ता गरेका थिए ।
युएईमा स्थानपन गरिएका सामाजिक संघसँथाहरु मध्य सबै भन्दा पारदर्शी र क्रियाशील सँस्था ‘कास्की आदर्श समाज’ रहेको जिकिर बैठकमा उपस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरूले गरेका थिए ।
