काठमाडौं । त्रिभुवन विमानस्थलको उड्दै बस्दै गर्ने एउटा जहाजको दृश्यले सर्बसाधरणमा त्रास पैदा गरेको छ ।
आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गरेको स्थानिय बासीको भनाई रहेको छ ।
पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीको भनाई रहेको छ ।
सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटहरुलाई अभ्यास गराइरहेको जनाएको छ ।
