Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्रा, आन्दोलन र निर्वाचनबारे गहन छलफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 20, 2025
0 shares

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा, र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र सो सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन बारे गहन छलफल भएको बताइएको छ। साथै, आन्दोलनले उठाएका मागहरूको सम्बोधन गर्न संवैधानिक मार्ग, र भविष्यको राजनीतिक स्थिरताबारे समेत व्यापक विचारविमर्श गरिएको छ।

दुवै नेताबीच कार्यगत सहकार्यलाई अझ सुदृढ गर्दै, क्रमशः कार्यगत एकता, मोर्चा निर्माण हुँदै पार्टी एकतासम्म अगाडि बढ्ने रणनीतिमा छलफल अगाडि बढाउने सहमति भएको छ। मुलुकलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने साझा अठोट समेत व्यक्त गरिएको छ।

नेताहरूले पहिचान, संघीयता, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नका लागि वृहत् राजनीतिक शक्ति निर्माणको अपरिहार्यता औंल्याएका छन्।

यस भेटघाटलाई राजनीतिक वृत्तले आगामी दिनमा नयाँ राजनीतिक समीकरण र शक्तिशाली वैकल्पिक मोर्चा निर्माणतर्फको संकेतका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved