श्रीराम रानाभाट। कास्की आदर्श समाज यूएईद्वारा कास्की जिल्ला पोखरा महानगरपालिका २६ साँगुको मुख निवासी अमृत रानाभाटलाइ सकुसल उद्वारगरि स्वदेश पठाएर परिवारको जिम्मा लगाइएको छ।
लामो समयदेखि युएईमा अलपत्र रहेको खबर प्राप्त भएसँगै तत्कालै खोजी कार्य गरी गत ७ सेप्टेम्बर २०२५ देखि उनलाई सुरक्षित आवासीय सेल्टरमा राखिएको थियो । उनको भिसा सकिएको कारण सम्पूर्ण कानुनी तथा कागजी प्रक्रियाहरू पूरा गरी एयर अरबिया एयरलाइन्स मार्फत हिजो सकुशल नेपाल पठाई आज सोहि वडाका वडा अध्यक्ष नरेन थापा बिकास अधिकारी लगाएत स्थानिय वडाबासीहरुको रोहवरमा सकुशल नेपालमा रहेको आफ्नो घरपरिवार समक्ष जिम्मा लगाइएको छ ।
सारजाह देखि काठमाण्डौ हुँदै पोखरा सम्मको एकतर्फी हवाई टिकट पोखरा महानगरपालिका वडा न.२६ का वडाध्यक्ष नरेन थापाले उपलब्ध गराएका कुरा बुद्धि रानाभाटले उपलब्ध गराएका थिए ।
कास्की आदर्श समाज युएईले बर्षौं देखि कामको शिलसिलामा युएई पुगेर ,विविध समस्या झेल्दै आएका कस्केली तथा गैर कस्केली नेपालीहरुलाई सहयोग र उद्वार गर्दै आएइरहेको छ ।
