सुमन बिश्वकर्मा, मलेसिया । क्वालालम्पुर मलेसिया म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति मोना मलेसियाको साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न १४ सेप्टेम्बर आइतबार भव्य रुपमा सप्पन्न भएको छ।प्रकाश केशी को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ।
कार्यक्रममा स्थानीय कलाकार हरुको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो मलेसियामा रहेका नेपाली हरुको निकै राम्रो उपस्थिति देखिएको थियो। कार्यक्रममा मलेसियामा रहेका बुद्धिजीवी व्यवसायी विभिन्न संस्था र दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि इन्द्र नारायण लिम्बु रहनुभएको थियो।
नवगठित कार्यसमितिमा अध्यक्ष प्रकाश केसी उपाध्यक्षहरु संजय साही र जोग लाल पुन चयन भएका छन्। महासचिवमा केश रोका मगर, सचिवमा बिकास रोका तथा सह–सचिवमा टोक नाथ रिजालले चयन भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा दुर्गा रोका मगर, सह–कोषाध्यक्षमा मिलन बोहोरा र महिला उपाध्यक्षमा रेजिना गुरुङ सर्वसम्मत चयन भएका छन्।
सदस्यमा आकाश वर्देवा, बिकास बोहरा, दिनेश घर्ती, बिकास श्रीपाली, लोक बहादुर बोहोरा र जय बहादुर शिरीष मगर रहेका छन्।
नवगठित समितिले संस्थालाई अझ सबल, गतिशील र परिणाममुखी बनाउन प्रतिबद्धता जनाएको छ। विशेष गरी मलेसियामा रहेका नेपाली कामदार र परिवारबीच आपसी सहयोग, सांस्कृतिक संरक्षण र सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउन कार्यसमिति सक्रिय हुने बताइएको छ।
स्थानीय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली समुदायको आवाज बुलन्द पार्ने र नेपाल–मलेसियाबीच आपसी सम्बन्ध सुदृढ गर्न पनि कार्यसमितिले ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ।
