- नेपाली भएर यस्तो घृणित काम गर्दा, नेपाली हुँ कसरी भन्ने? लाज लाग्छ।
कृष्ण कुँवर। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली भएर यस्तो घृणित काम गरेपछी नेपाली हुँ कसरी भन्ने? लाज लाग्छ। भन्दै आगोजनि, तोडफोड, लुटपाट र त्रास फैलाउने बिरुद्ध आक्रोश व्यक्त गरिन्।
प्रधानमन्त्रीले सिंहदरबार भित्र बन्दै गरेको नयाँ भवनमा पदभार ग्रहण गर्ने क्रममा भनिन्- २४ गते “जेएन -जी ” ले गरेको आन्दोलनको मौका छोपेर गरिएको आगोजनी, लुटपाट र आतंक अपराधीले हाम्रो विरुद्ध गरेको चुनौती हो। सिंहदरबार जलाईनु सरकारी र व्यक्तिका सम्पत्ति हरूलाई नोक्सान गर्नेलाई खोज्नपर्ने अवस्था छ। भवनभन्दा पनि महत्वपूर्ण कागजपत्रहरू नष्ट भएको छ,भवन त बनाउन सकिएला तर महत्त्वपूर्ण कागजपत्र कसरी बनाउने?
ठूला व्यापारीहरूले हामी आफै उठ्छौं भनेर उत्साह दिएका छन्। साना व्यापारीहरू पनि लुटिएका छन् फेरि पनि व्यापारीहरूलाई राज्यले माथि उठाउने छ।
पदभारको क्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम राख्ने, युवाहरूको सोचबमोजिम काम गर्ने बताएकी छन्।
म रहरले आईन, सबैतिरबाट आवाज उठ्यो। सेवा किन नगर्ने भनेर, छ महिनाको लागि काम गरेर मुक्त हुने, नयाँ आउने सांसदहरू र मन्त्री हरुलाई जिम्मेवार दिने अठोटका साथ म आएकी हुँ । मलाई साथ दिनुहोस्। प्रधानमन्त्री कार्कीले भनिन्
