कृष्ण कुँवर। भाद्र २३ र २४ गते “जेएन-जी” ले गरेको आन्दोलनका मृतकहरूलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सहिद घोषणा गर्ने भएको छ।
आन्दोलनको क्रममा मृत्यु भएका परिवार हरूलाई १० लाख रूपैयाँ राहत दिने भएको छ ।
घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गर्ने र केही राहत दिने प्रधानमन्त्री सुशीला कार्कीले बताईन्।
भाद्र २७ गते राति राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई नियुक्ति गरेपछि शनिबार आन्दोलनका घाइतेहरूलाई भेट्न कार्की अस्पताल पुगेकी थिइन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबार भित्र बन्दै गरेको नयाँ भवनमा पदभार ग्रहण गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई उनीहरूका परिवारले चाहेको ठाउँमा दाहसंस्कार गर्ने व्यवस्था मिलाइदिने, काठमाडौँ आउँदा बस्दा लागेको खर्च सरकारले बेहोर्ने, काठमाडौँमै दाहसंस्कार गर्न चाहनेहरूलाई पनि सरकारले सहयोग गरिदिने, घाइतेहरूलाई पूर्णरूपमा सरकारले उपचार गरिदिने बताईन्।
आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ र घाइते १९१ को उपचार भइरहेको बताईएको छ।
