कृष्ण कुँवर। बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्ला भाटभटेनी सुपरमार्केटमा चोरी गर्दै गरेको फेला परेको देखिएपछि विद्यालयले हटाएको छ ।
भदौ २४ गतेको जेनजेड को आन्दोलनका क्रममा बुटवलको सुख्खानगर स्थित रहेको भाटभटेनी सुपर मार्केटमा शिक्षक शुक्ला संलग्न रहेको देखिएकोले विद्यालयले कारबाही गरेको हो।
आजैको मितिबाट शिक्षक शुक्लालाई विद्यालयले विद्यालयको आचारसंहिता विपरीत काम गरेकोले हटाएको जनाएको छ।
