Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ज्वाला माथि थप उजुरि सहित भाेलि अदालतबाट म्याद थप हुँने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 20, 2021
[webverse_shares]

केही समय अघि जापानमा पढ्न बसेदेखि नै सामाजिक सन्जालका उग्र लेखाइ र जोशिलो गतिविधिमा निरन्तर क्रियाशील ज्वाला संग्रौंलालाई महानगरीय प्रहरी,काठमाण्डौले आफ्नो हिरासतमा राखी भोलि थप थुनाको निम्ति अदालतबाट म्याद लिन लागेको छ ।

जेठ १४ गते गौरीघाटमा ज्वाला र उनको समूहले खुश्बु घिमिरेलाई हातपात गरेपछि आज प्रहरीले पक्राउ गरेको हो । काट्छु मार्छु शव्दलाई दालभात जसरी प्रयोग गरिरहन रुचाउने ज्वालाले केही दिनअघि महाराजगञ्जमा मधेसी मूलका ट्राफिक प्रहरीमाथि जातीय विभेद हुनेगरी सार्वजनिक रुपमा अपशव्द प्रयोग गरेकी थिइन् ।

 

प्रहरी स्रोतका अनुसार जाहेरीवाला खुश्बु घिमिरको लिखित उजुरीपछि ज्वाला पक्राउ परेकी हुन् । घिमिरे र संग्रौलाबीच फेसबुक वाल र म्यासेजमा ‘मनपरी’ लेखेर भनाभन र झगडा भएको थियो ।

जाहेरीमा उल्लेख भएअनुसार ज्वालाले खुश्बुुलाई छलफल गर्न भनेर बोलाएपछि ६ जना मिलेर चौकीमा बुटै बुटले हानेको भिडियो वयान सार्वजनिक भएको छ । तीमध्ये प्रहरीले शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पनि पक्रेको छ । घिमिरेले आफूलाई कुटपिट र अभद्र व्यवहार गरेको भन्दै ६ जनाविरुध्द लिखित उजुरी दिएपछि उनीहरुलाई गौशाला प्रहरीले पक्राउ गरेको हो ।

हुन तः खुश्बुले ज्वाला र उनको समूहविरुद्ध प्रहरीमा ठाडो उजुरी हालेको धेरै भइसकेको थियो । तर, प्रहरीले छलफल गर्न बोलाउँदा ज्वाला र उनको टोलीले अनेक बहानामा टार्दै आएको बताइन्छ।

केही दिनअघि ज्वालाले महाराजगञ्जस्थित ट्राफिक प्रहरीका असई मणिशंकर झालाई विना लाइसेन्स मोटरसाइकल चलाउनेलाई पक्रँदा जातीय अपमान हुनेगरी उल्टै झाको जागिर खोसिदिने भन्दै धम्काएकी थिइन् । आज उनै ट्राफिक प्रहरीले आफूलाई धम्काएको भन्दै जातीय विभेदको आरोपमा ज्वालाविरुध्द अर्को उजुर हाल्न लागेका छन् ।

यसैबीच सँगै प्रहरी खोरमा परेका हिमाल उपाध्याय र ज्वालाको सम्बन्धको बारेमा पनि यथार्थ पत्ता लगाउन प्रहरी तल्लिन रहेको बुझिएको छ । प्रहरीले उनीहरुविरुध्द भोलि जिल्ला अदालतबाट म्याद थप्ने तयारी गरेको छ ।जन अाश्था बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved