काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती दिवसका अवसरमा सन्देश दिँदै सामान्य काममा झन्झट र ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरेका छन्।
उनले नागरिकलाई दु:ख दिने कार्य सह्य नहुने बताउँदै सेवा प्रवाह पारदर्शी, जिम्मेवार र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
ओलीले संसदमा पारित हुन लागेको निजामती विधेयकले संघीयता र प्रशासनिक सुधारमा नयाँ उचाइ दिने उल्लेख गर्दै सबै कर्मचारीलाई उच्च मनोबलका साथ परिणाममुखी सेवामा लाग्न आह्वान गरेका छन्।
