Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौँमा संघीय समाजवादी महिला संगठनको केन्द्रीय समिति घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2025
0 shares

काठमाडौँ। नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा संघीय समाजवादी महिला संगठन को केन्द्रीय तदर्थ समिति काठमाडौँको बिजुली बजारस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य कार्यक्रमकाबीच घोषणा गरिएको छ। यो ऐतिहासिक कदमलाई महिलाहरूको अधिकार, समान सहभागिता र न्यायको यात्रामा नयाँ अध्यायको रूपमा हेरिएको छ।

कार्यक्रमको अध्यक्षता पार्टीकी उपाध्यक्ष तथा केन्द्रीय महिला इन्चार्ज सीमा खानले गर्नुभयो भने सञ्चालन उपमहासचिव जनकबहादुर कार्कीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी महासचिव अनन्त राईको विशेष उपस्थिति रहेको थियो। साथै, उपमहासचिव जावेद अली अन्सारी, सचिव दिनेश पाख्रिन, केन्द्रीय सदस्य राजेन्द्र रामसहित पार्टीका अन्य नेतागण र उल्लेख्य संख्यामा महिला कार्यकर्ताहरू सहभागी थिए।

महासचिव अनन्त राईले भावुक शैलीमा महिलाको अधिकारको सवाललाई अगाडि सार्दै भन्नुभयो–
“महिलाले अब ३३ प्रतिशत मात्र होइन, ५० प्रतिशत समान अधिकारको लागि संघर्ष गर्नुपर्छ। यो लडाइँ महिलाको मात्र होइन, हाम्रो सामूहिक लडाइँ हो। नेपाल सङ्घीय समाजवादी पार्टी महिलासँग पूर्ण रुपमा उभिन्छ।”

त्यस्तै, उपमहासचिव जावेद अली अन्सारीले संगठन विस्तारको जिम्मेवारीलाई ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्दै भन्नुभयो– “आज केन्द्रमा गठन भएको यो संगठन अब देशभरि फैलिनुपर्छ। वडासम्म पुगेर महिलामा राजनीतिक र सामाजिक चेतना जगाउन सकियो भने मात्र हाम्रो संघर्ष सफल हुन्छ।”

केन्द्रीय सचिव दिनेश पाख्रिनले अझ गहिरो भावनासहित महिलाको वास्तविक पीडा उजागर गर्दै भन्नुभयो– “नेपालमा महिलालाई अझै दासीझैँ व्यवहार गरिन्छ, बोक्सीको आरोपमा पिल्साइन्छ। संविधानले अधिकार दिए पनि समाजले स्वीकार नगरेको यथार्थ छ। त्यसैले हाम्रो संगठनले देशभर राजनीतिक प्रशिक्षणमार्फत यो अन्यायविरुद्ध चेतना जगाउनैपर्छ।”

केन्द्रीय सदस्य राजेन्द्र रामले दलित, मुस्लिम र पछाडि पारिएका महिलाको मुद्दा जोड्दै भन्नुभयो– “सबैभन्दा बढी वञ्चित त दलित, मुस्लिम र पिछडिएका वर्गका महिलाहरू हुन्। यो संगठनले उनीहरूको बीचमा विशेष अभियान सञ्चालन गरेर बलियो जालो बनाउनैपर्छ।”

कार्यक्रम सञ्चालन गर्दै उपमहासचिव जनक कार्कीले संगठनलाई निरन्तर संघर्षमार्फत मजबुत बनाउनु पर्ने धारणा राख्दै भन्नुभयो–
“हामी महिलाको सवाललाई केवल औपचारिकतामा सीमित राख्न सक्दैनौं। महिला संगठन हाम्रो पार्टीको मेरुदण्ड बन्नेछ। यो संगठनले हरेक गाउँ, हरेक बस्ती र हरेक घरमा महिलाको आवाज पुर्‍याउनुपर्छ। महिलाले अब आफ्नो अधिकार पर्खेर होइन, संघर्ष गरेर जित्ने हो।”

कार्यक्रमको अध्यक्षता गर्दै उपाध्यक्ष सीमा खानले महिलालाई संघर्ष र शिक्षा दुवै आवश्यक रहेको जोड दिँदै भन्नुभयो–
“अधिकार खोजेर मात्र पुग्दैन, पढ्नुपर्छ, संगठित हुनुपर्छ र लड्नुपर्छ। संघीय समाजवादी महिला संगठनले देशभर महिलालाई एकताबद्ध गर्दै बलियो आन्दोलन खडा गर्नेछ।”

भेलाले १७ सदस्यीय केन्द्रीय तदर्थ समिति र ५ सदस्यीय दस्तावेज निर्माण समिति गठन गरेको छ। संयोजकमा प्रेमा मगर, उप–संयोजकमा रेनु डङ्गोल, महासचिवमा निर्मला बराल, सचिवमा जानुका सुनुवार राई, कोषाध्यक्षमा फुलमाया वाइवा चयन भएका छन्।

त्यसैगरी, आसिमा खातुन, शेख अमिना खातुन, अन्जु सिंह ठकुरी, नानीमाया वाइवा, तबसम्म खातुन, अख्तरी खातुन, रोशन खातुन, सन्ध्या लिम्बु, रमा महर्जन, सिमा लामा र रुपा लामा सहित ११ जना सदस्यहरू चयन भएका छन्।

भेलाले आगामी एक वर्षभित्र ७७ वटै जिल्लामा समिति विस्तार गर्ने, सदस्यता अभियान सञ्चालन गर्ने, राजनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र संघीय समाजवादी महिला संगठनको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने ऐतिहासिक निर्णय पनि गरेको छ।

यस समितिको गठनसँगै महिलाको आवाज अझ सशक्त रूपमा देशभर गुन्जिने अपेक्षा गरिएको छ। यो कदमलाई महिला सशक्तीकरणको नयाँ आशा र समान अधिकारका लागि ठुलो मोडको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved