Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली स्याउले बजार पाउन्न,चीनबाट आयात गरिएकाे स्याउ बैधानिक छैन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 20, 2021
2.2K

ईनरुवा, ५ असार । चीनबाट आयात गरिएको स्याउ अवैधानिक रुपमा सुनसरीको सीमा नाका कटाएर भारतको वीरपुर पुर्‍याईएकोमा भारतीय प्रहरीको नियन्त्रणमा पुगेपछि उजागर भएको तस्करी काण्डमा सुनसरीकै उच्च तहका प्रहरी अधिकारीको संलग्नताको आशंका गरिएको छ। निषेधाज्ञाको समयमा नेपालबाट भारत तस्करी भएका तीन ट्रक चाइनिज स्याउ भारतीय प्रहरीले बिहारको वीरपुरमा बरामद गरेको थियो।

सुनसरीको नाकाबाट स्याउ भारत पुगेपछि उक्त घटनामा सुनसरी प्रहरीको मिलेमतोमा तस्करी भएको आशंका गरिएको हो। सुनसरीको लौकही नाकाबाट रातारात तीन वटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटाछुट्टै समिति बनाएर छानबिन गरिरहेका छन्। स्याउ तस्करीमा प्रहरीका उच्च तहका अधिकारीदेखि जुनियर प्रहरी अधिृकतसम्मको नाम घटनामा मुछिएको प्रहरी स्रोतको दावी छ। भारतसँग खुला सिमा जोडिएको सुनसरी सुरक्षा संवेदनशिलता तथा राजस्व छली, सीमा वारपार चोरी पैठारी लगायतका दृष्टिले सुरक्षाको उच्च प्राथमिकतामा पर्ने तराईको महत्वपुर्ण र संवेदनशिल जिल्ला हो।

सुरक्षा संवेदनशिलता तथा राजस्व छलीको हिसावले महत्त्वपूर्ण मानिएको सुनसरीमा करिव एक बर्ष यता प्रहरीको काम कारवाही फितलो रहँदा सीमा सुरक्षामा बाक्लो संख्यामा प्रहरी परिचालन हुँदा समेत जिल्लाबाट पेट्रोलियम पदार्थ, हरियो मटर, सुपारी तथा मरिचको भारत तर्फ तस्करी बढिरहेको एक पूर्व प्रहरी अधिकारीले बताए। पछिल्लो समयमा स्याउ तस्करीको विषयले मात्र मिडियामा चर्चा पाएपनि भारतीय प्रहरीले नेपालबाट तस्करी भएर भारतीय बजारमा पुगेका स्याउ, मरिच लगायतका सामान धमाधम बरामद गरिरहेको छ। ती पूर्व सुरक्षा अधिकारीले भने, ‘महंगो वस्तु भएकाले मरिचको तस्करी छोटेमोटे तस्करले गर्दैनन्, मरिच तस्करीको लागि ठूलो सेटिङ्ग हुन्छ। मरिच तस्करी प्रहरी प्रशासनको मिलेमतो बीना लगभग असम्भव नै हो।

त्यसका लागि ठूलो रकमको चलखेल हुन्छ।’ सुनसरीबाट भएको चिनियाँ स्याउको तस्करीको छानविनमा तल्लो तहका प्रहरी अधिकारीहरुलाई तस्करीको दोष लगाएर उपल्ला अधिकारीले उन्मुक्ति पाउने अवस्था आउन सक्ने भन्दै सुनसरीमा कार्यरत तल्लो दर्जाका प्रहरीहरुले समेत चिन्ता ब्यक्त गरेका छन्। परिचय गोप्य राख्ने सर्तमा उनीहरूले भने, ‘यो तहको तस्करी तल्ल्लो तहका अधिकारी, जवानको तहबाट हुन सक्दैन। तर, आदेश पालना गर्ने क्रममा हामी जस्ता तल्ला तहका कर्मचारी फसिरहेका हुन्छन्।

निष्पक्ष छानविन होस्। दोषीले उन्मुक्ति नपाओस।’ त्यसो त, तल्ला तहका प्रहरी कर्मचारीको भनाईमा सहमति जनाउदै ती पुर्व प्रहरी अधिकारी भन्छन्, ‘मैले त भनिहालें नि। सुनसरी जिल्लाको सीमा क्षेत्रबाट तस्करी गरेर भारत पुर्याईएको परिणामको स्याउ, मरिच लगायताका सामान तल्लो दर्जाका मानिसले मिलाउन सक्ने सेटिङ्ग नै होइन। उनिहरु त आदेश पालक मात्र हुन्। तर, यहाँ फस्ने सम्भावना उनीहरुको बढेर गएको छ। यो चिन्ताको विषय हो।’ सुनसरीमा नेपाल भारत दुवैतर्फ बाट हुने तस्करीका विषयमा जानकारहरुका अनुसार पछिल्लो समयमा सुनसरीमा तस्करीको धन्दा धेरै मौलाएको छ।

प्रहरीको संरक्षण र संलग्नता बिना ठुलो परिमाणमा गाडी सहित स्याउ भारत पुर्याउन कल्पना समेत गर्न नसिकने भण्टाबारीका स्थानीय बासिन्दा दिलिप कामत बताउँछन्। प्रहरी प्रमुखकै मिलेमतोको आशंका जिल्लामा सरुवा भएर आएपछि नेपाल प्रहरीका एसपी कमल थापा माथि आर्थिक चलखेलको आरोप लाग्दै आएको छ। जिल्ला आएको केहि समयमै थापा आर्थिक प्रलोभनमा परी कमाउ धन्दामा लागेको भन्दै प्रदेश एक प्रहरी कार्यालय बिराटगर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उनि विरुद्द उजुरी परेको थियो।

आर्थिक प्रलोभनमा परी विवादित छवि वनाएका एसपी थापाको कार्यकालमा सुनसरीको खुल्ला सिमा हुँदै ३ ट्रक चाईनिज स्याउ भारत प्रवेश गरी भारतीय प्रहरीले पक्राउ गरेपछि उनीमाथि पनि आशंका गरिएको छ। निषेधाज्ञाको समयमा सिमामा समेत कडाई भईरहेको अवस्थामा जिल्ला स्थित प्रहरीको उच्च अधिकारीको संलग्नता बिना ठुलो परिमाणमा स्याउ भारत निकासी हुन नसक्ने सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाको तर्क छ।

भारतसँग सिमा जोडिएको सुनसरीको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको भण्टाबारी कमाईका हिसाबले आर्कषक स्थान भएकाले एसपी कमल थापाले उक्त स्थानमा गत ज्येष्ठ १७ गते आफ्नै भतिज पर्ने ‘सई’ गंगा थापालाई खटाएको स्रोतको दावी छ। स्रोतले भन्यो, ‘एसपी थापाले केही जनप्रतिनिधिसँगको मिलेमतोमा भारतसँग सिमा जोडिएका नाकाको मासिक शुल्क नै तोकेको र तस्करले मासिक १५ लाख देखि २० लाख रुपैँया सम्म सुनसरी प्रहरीलाई बुझाउने गरेको जानकारी छ।’

कोरोना महामारी नियन्त्रणका लागि लगाईएको जिल्लाब्यापी निषेधाज्ञाको समयमा सीमाक्षेत्रमा अझै कडाई हुने गरेको बताउँदै कोशी गाँउपालिका ७ का स्थायी बासिन्दा बिरेन्द्र यादव भन्छन्, ‘नेपाली नम्बर प्लेटका ३ वटा ट्रकमा ३ हजार ३ सय ५० कार्टुन चाईनिज स्याउ भारतीय भुमिमा पुग्नु सानो तस्करी होईन भने प्रहरीसँगको मिलेमतोमै भएको घटना हो भन्ने प्रष्ट हुन्छ।’ सिसिटीभि समेत बन्द गरेर लकडाउनका समयमा कसैले थाहा नपाउने गरि ठुलो परिमाणको समान भारत छिराएकोमा भारतीय प्रहरीले पक्राउ गरेपछि घटना सार्वजनिक हुनुले यसभन्दा अघि पनि सेटिङ्गमा दैनिक विभिन्न मालवस्तुको ठुलै तस्करी गरेको त प्रष्टै भएको यादव तर्क गर्छन।

तस्करीको घटनाका विषयमा संवाददाताले जिज्ञासा राख्दा सदरमुकाम ईनरुवालाई मुकाम बनाएर पत्रकारिता गरिरेहका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एकवाल अहमदले उक्त घटनाले आफु आश्चर्यमा परेको बताए। सीमा सुरक्षामा सुनसरीका सुरक्षा निकाय असफल बनेको टिप्पणी गर्दै उनले सीमा पूर्णरुपमा बन्द भएको अवस्थामा तीन ट्रक स्याउ बोकेका नेपाली ट्रक भारतीय शहर बिरपुर कसरी पुग्यो भनि प्रश्न गरे। पत्रकार अहमदले भने, ‘लकडाउनको समयमा सीमा क्षेत्रमा ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी र अनुसन्धानका कर्मचारी खटिएको छ। उनीहरुलाई छलेर त्यति ठुलो परिमाणको समान भारत पुग्नुलाई सामान्य रुपमा लिन सकिंदैन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved