काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँगको भेटमा भारत-चीनबीच लिपुलेक हुँदै भएको व्यापार सम्झौतामा औपचारिक आपत्ति जनाएका छन् ।
उनले लिपुलेक-लिम्पियाधुरा सुगौली सन्धि (१८१६) अनुसार नेपालको भाग हो। भारतले चीनसँग युद्ध हुँदा मात्र त्यहाँ फौज राख्न नेपालबाट अस्थायी अनुमति पाएको थियो।
त्यसपछि कुनैपनि देशले नेपालको अनुमति बिना सम्झौता गर्न नपाउने स्पष्ट सन्देश चीनलाई दिएका छन्।
ओलीले थपे, “भूगोल वा जनसंख्या जे भए पनि सार्वभौमिक अधिकार सबै देशको बराबरी हुन्छ। छिमेकीहरूले यसलाई बुझ्नुपर्छ। भारत-चीन व्यापार सम्झौता फिर्ता हुनुपर्छ र चीनले यस विषयमा नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।”
