Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिन्न : पूर्व राष्ट्रपति भण्डारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 30, 2025
0

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायीलगायत सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिने धारणा व्यक्त गरेकी छन्।

उनले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य र राजनीतिमा महिलालाई अवसर प्रदान नगरेसम्म समृद्ध नेपालको सपना साकार हुनै नसक्ने विचार व्यक्त गरेकी हुन्।

‘नारी : शक्ति, समर्पण र सम्मान’ भन्ने मुख्य नारासहित वीरगन्ज उद्योग वाणिज्य संघले शनिबार वीरगन्जमा आयोजना गरेको ‘बृहत महिला सम्मेलन २०८२’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले अवसरबाट वञ्चित पारिएका महिलालाई निर्णय तहसम्म पुग्ने वातावरण बनाएपछि मात्र मुलुक दिगो समृद्धितर्फ उन्मुख हुने धारणा राखिन्।

उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन्। साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो।

वीरगन्ज उद्योग वाणिज्य संघकी महिला उद्यमशीलता समितिकी अध्यक्ष एवम् कार्यक्रम संयोजक डा.लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले चुरे क्षेत्रको अत्यधिक दोहनका कारण अहिले तराई–मधेसका जिल्लामा जलसंकट देखा परेको ठोकुवा गरिन्।

लामो समयदेखि चुरे क्षेत्रका प्राकृतिक स्रोतको दोहनका कारण तराइका जिल्ला मरुभूमिमा रुपान्तरण हुँदै गएको र सर्वसाधारणलाई खानेपानी तथा किसानलाई कृषि प्रयोजनका लागि पानी अभाव भएको उनले स्पष्ट पारिन्।

तराईमा देखिएको जलसंकटलाई सरकारले गम्भीरतापूर्वक लिएर चुरेको संरक्षणमा लाग्नुपर्ने सुझाव पनि पूर्वराष्ट्रपति भण्डारीले दिइन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष जोस्ना श्रेष्ठले राज्यको नीतिनियमदेखि कार्यान्वयन तहसम्म महिलाको सहभागिता भए मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरिन्। उनले महिला उद्यमी भए परनिर्भरता घट्दै जाने भएकाले उद्यममा लागेका महिलालाई सरकारले आफ्ना नीति तथा कार्यक्रममा प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, कार्यक्रममा सहभागी वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतका वक्ताले महिला र पुरुषको समन्वयले मात्र सबै क्षेत्रमा उन्नति र प्रगति सम्भव हुने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved