Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यसै साताबाट नेपालमा पनि फेसबुक मनिटाईज हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 30, 2025
29

एजेन्सी । फेसबुकको मातृ कम्पनी ‘मेटा’ ले नेपालका फेसबुक कन्टेन्ट क्रियटरलाई ‘कन्टेन्ट मोनिटाइजेसन’ को सुविधा उपलब्ध गराउन थालेको छ । यसै सातादेखि फेसबुकले यो सुविधा सुरु गरेको हो ।

कन्टेन्ट मोनिटाइजेसन भन्नाले क्रियटरले फेसबुकमार्फत आम्दानी गर्न सक्ने एक माध्यमलाई जनाइन्छ । यसअघि फेसबुकले इन–स्ट्रिम एड्स (भिडिओमा देखिने विज्ञापन) र ‘स्टार्स’ सुविधामार्फत मात्र कमाई गर्ने अवसर उपलब्ध गराएको थियो । अहिले इन–स्ट्रिम एड्सलाई पनि कन्टेन्ट मोनिटाइजेसन अन्तर्गत समेटिएको छ ।

सामान्यतया यो सुविधा पाउन फेसबुक पेज वा प्रोफेसनल मोडमा कम्तीमा १० हजार फलोअर्स हुनुपर्छ । तर, कतिपय अवस्थामा १० हजार फलोअर्स नहुँदा पनि यो सुविधा उपलब्ध हुने देखिएको छ ।

अब कन्टेन्ट मोनिटाइजेसन सुविधा प्राप्त गरेका फेसबुक पेज र प्रयोगकर्ताले आफ्ना पोस्ट, रिल्स, स्टाटस तथा स्टोरीमार्फत समेत आम्दानी गर्न सक्नेछन् । केही प्रयोगकर्ताले त यो सुविधा सुरु भएलगत्तै नेपाली बैंक खातामै रकम प्राप्त गर्न थालेको दाबी गरेका छन् ।

यद्यपि, केहीलाई भने पेआउट सेटअप गर्दा ‘पेआउट डिसेबल’ हुने समस्या देखिएको अनुभव छ । यसअघि पनि केही नेपाली क्रियटरले वैकल्पिक उपायमार्फत नेपालमै बसेर मोनिटाइजेसनबाट आम्दानी गरेको बताएका थिए । कतिपयले भने मेटाले सेवा उपलब्ध गराएको देशमा पेज रजिस्टर गरी त्यहींबाट आम्दानी गर्दै आएका थिए ।

यसबीच, सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने तयारी सरकारले गरिरहेको बेला मेटाले नेपाली प्रयोगकर्तालाई यस्तो सुविधा दिन थालेको हो । तर, नेपाल सरकारले भने सृजनशील युवाको रोजगारी खोस्ने र स्टार्टअप व्यवसायमा लागेकाहरुलाई हतोत्साहित गर्ने गरी फेसबुक नै बन्द गर्ने तयारी गरिरहेको आरोप लागेको छ ।

नेपाल सरकारले सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता गर्नुपर्ने चेतावनी दिएपछि लाखौं युवा सडक र सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध खनिएका छन् । नागरिकको तीव्र विरोधबीच सरकारले आफ्नो असफलता, भ्रष्टाचार, अक्षम्यता, विचौलियाको दादागिरी र लुटतन्त्र लुकाउन दर्ताको बहानामा सामाजिक सञ्जाल कम्पनीलाई धम्क्याउने प्रयास गरेको आरोप विज्ञहरुले लगाएका छन् ।

स्मरण रहोस्, नेपालजस्ता साना, न्यून व्यापारिक मूल्य र सीमित प्रयोगकर्ता भएका मुलुकमा फेसबुक वा एक्स (पूर्व ट्विटर) जस्ता कम्पनीले कार्यालय खोल्ने वा कर्मचारी खटाउने प्रचलन छैन ।

यस्ता मुलुकले स्व–नियम र नीति बनाएर सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने गरेका छन् । सोही क्रममा, अमेरिकी कम्पनी एक्सले पनि नेपालका प्रयोगकर्तालाई विकसित मुलुकसरहको सुविधा उपलब्ध गराउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved