Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वनिता आमा अर्थात् साहित्यमा लक्ष्मी………

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2025
0 shares

( कविता )

                   शीतल, शान्त र अटल
सेसेलुङ चन्जमलुङ (कञ्चनजङ्घा ) को काखबाट
ताप्लेजुङका तरेलीहरूलाई
स्पर्श गर्दै मुटुको स्पन्दन जस्तै
सग्लो बोकेर आफूलाई

ओरालो झरेर यात्रा सुरू गर्यौ
हिंडिरह्यौ अविरल
आरोह अवरोह छिचोल्दै
जिन्दगीलाई गन्तव्यमा पुर्‍याउन।

पच्चीसको वयमा
बिस्कुनले थिचिएका खुशीहरू बोकेर
विराटनगरको माटोलाई साक्षी राख्दै
आफ्नो गर्हुङ्गो मनलाई हलुका पार्न
अक्षरयात्रा आरम्भ गर्यौ
र भन्यौ सबैका सामु
निर्भयका साथ
यौटा बाटो खोजिरहेछ जीवन।

सपना जस्तै लाग्ने
आफ्ना अतित र अनुभवलाई
संगालेर जन्मायौ
मृदु स्मृतिहरू
अनी कतै पनि नधमिलिएका
ताजा जीवनका चित्रहरूलाई उतार्यौ
स्निग्ध अनुभूतिमा
र सन्तानलाई जीवन बोध गराउन
प्रकृतिलाई आत्मसात् गर्दै
लगातार लाग्यौ
मनेको म्याॅ म्याॅ, कृष्णको पछुतो, कर्मको फल,
बुद्दिमानी बाँदर, साहसी आकांक्षा र पवनपरी
निर्माणमा र चिनायौ आफूलाई।

फूलले जस्तै
कस्ले चुॅड्छ  र कस्ले निमोठ्छ
आफ्नो परिपक्वतालाई
वास्ता नगरी
बिभिन्न कालखण्डका
समय स्पर्श लिएर आयौ
अविराम यात्रामा
जसरी कमिलाको ताॅती
संघर्षरत रहन्छ
आफ्नो घर बनाउनका लागि
त्यसरी नै जीवनभर
सुनको अण्डा दिने चरी
जस्तै आभा भर्यौ
जीवनमा र परिवारमा।

जिन्दगीलाई फुलाउने
तिर्सना बोकेर
साथी-साथी बनाउँदै
अतिरिक्त आयाम थप्दै
सानूको मामाघरको यात्रा गर्यौ
फ्ल्यास ब्याकमा जिन्दगी
सम्झिदै बढ्यौ अगाडि
कहिले बगर त कहिले चट्टान हुॅदै
सुस्तसुस्त आफ्नै गतिमा
जसरी बगिरहन्छ शान्त नदी ।

आफ्नै सुरतालको
जीवन गीत गुनगुनाउँदै
देवकुमारीको जीवनीबाट प्रेरित भई
धनमाया प्रसाईंको जीवनगाथा बोकेर
फेरी बढ्यौ अगाडि
नेपालका नारी कथाकार चिनाउन
रजनीको मुक्त आकाशसम्म
र पुग्यौ
हाम्रो गाउँका मानिसलाई चेतना भर्न
जिन्दगीको बाटोको गीत जस्तै
अनेकौं लय लिएर
बालबालिकालाई खुशी पार्न
चम्की र कत्ली, परी आमा, मेरो बगैंचा
र तिमीले पूरा गर्यौ आफ्नो कर्तव्य
थपेर उनीहरूको लागि अझै
जङ्गलकी परी, फुलुको सपना
अनि दियौ तीन छोरा, आशा र  बाँदर
र फेरि गयौ रमाको नमूना गाउँ
हजुरआमाको माया बोकेर
तर छाडेन नियतिले तिम्रो परीक्षा लिन
र पायौ केवल त्रासदीपूर्ण
मृत्यु स्पर्श अनुभवका अनुभूति ।

निरन्तर यात्राबाट
अविचलित मनका रंग भर्दै
संवेदनाको संसार लिएर
स्मृतिमा टेम्स पुग्यौ
र फर्कियौ समय सँगसँगै
मातृभाषाका नारी साहित्यकारको मायाले
अनि बाँधियौ कोरोना बार्तामा
भयौ कर्मले अजम्बरी
शान्ता, भद्रकुमारी, दधिराज,
देवकोटा, वानिरा, हर्ष आदिलाई
जुरूक्क उठाएर
आत्मसमर्पण गर्दै
वाङ्मयको अनन्त साधनामा
जीवनको बाटो पहिल्याई
कहाली लाग्दो मृत्युलाई जितेर।

सर्जक :- दिङ्लाली कान्छो
विराटनगर महानगरपालिका मोरङ

नोट :- (साहित्यकार लक्ष्मी उप्रेतीका कृतिहरूमाथि लेखिएको कविता – एउटा प्रयोग)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved